arrow

काठमाडौंले समाधान गर्न नसकेको फोहरको राजनीति 

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
fohar.jpeg

काठमाडौँ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको भन्दै काठमाडौँका स्थानीय तहले स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने योजना अघि सारेका छन् । 

कामपा वातावरण विभागले आयोजना गरेको फोहर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले फोहरको उचित व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्नुपर्ने बताएका हुन् । 

कार्यक्रममा कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लानुपर्छ भने ।

फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानयि तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ । 

ककनीमा हाल दैनिक एक हजार मेट्रिकटन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । 

सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर विसर्जन हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ