arrow

प्रधानमन्त्री ओलीको जिल्लामा आलु र केराको मूलबीउ उत्पादन 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
aalu1.jpg

झापा । प्रदेश नम्बर १ लाई आलु र केरा उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला  झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन कार्य थालिएको छ । 

झापा जिल्लाको गौरादह नगरपालिका वडा न २ को सिक्टियामा जैविक टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व–मुलबीउ (प्रि–बेसिक सिड) र केराको बेर्ना उत्पादन कार्य प्रारम्भिक अवस्थामा सन्चालित छ । 

आलुको उत्पादकत्व वृद्धि गराउन गुणस्तरीय बीउ, बेर्ना आवश्यक रहेकोले गौरादहबाटनै  पूर्व मूलबीउ उत्पादनकार्य  सुरु गरिएको हो ।

फाइकस बायोटेक कम्पनी प्रा लि (शाखा) गौरादहले राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटारको ५० प्रतिशत अनुदानमा मूलबीउ उत्पादन सुरु गरेको कम्पनी सञ्चालक दुर्लभ कार्कीले बताए ।

उन्नत प्रकारको बीउबेर्नाको अभावमा कृषकले अपेक्षाकृत उत्पादन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय बीउ बेर्ना उत्पादनका लागि आलुको पूर्व मूलबीउ र केराको बेर्ना बनाउने कार्यमा कम्पनी लागिपरेको कार्की बताउँछ्न् ।   

गौरादह २ सिक्टियामा ३ कठ्ठा  जमिनमा कम्पनीले काम सुरु गरेको छ । आलु र केराको पूर्व–मूलबीउ उत्पादन गर्न टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सञ्चालनमा ल्याइएको छ ।

यसका लागि कम्पनीले दुई करोड रुपैयाँ लगानी गरेको छ । जसमा ४०–४० लाख रुपैयाँको लागतमा प्रयोगशाला भवन र स्क्रिन हाउस निर्माण गरिएको  छ । एक करोड २० लाख रुपैयाँ खर्चिएर विभिन्न उपकरण तथा मेसिनरीका सामग्री खरिद गरेको सञ्चालक कार्कीले बताए । 

कम्पनीको कुल लागत दुई करोडमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट एक करोड रुपैयाँ अनुदानबापत सहयोग प्राप्त भएको हो ।आलुको पूर्व मूलबीउ कृत्रिम वातावरणमा टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिन्छ । 

उक्त बीउ एकदेखि ५ ग्राम वजनसम्मका मात्रै हुन्छन् । उक्त बीउबाट चार पुस्तासम्म बीउ आलु मात्रै उत्पादन गरिने कार्कीले बताए । गाउँमा उन्नत जातको आलुको मूलबीउ उत्पादन सुरु भएपछि स्थानीय कृषक उत्साही बनेका छन् ।  

यसका अलाबा झापा जिल्लाकै अर्को  गाउँपालिका कमल गाउँपालिकामा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुको पकेट क्षेत्र पनि  सञ्चालित  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ