arrow

भर्सायल दरबार भर्सेज सिंहदरबार, कसले कसको डिजाईन चोर्यो ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ फागुन २५ शनिबार
versaillesVSSinghDurbar.jpg

काठमाडौं । द प्यालेस अफ भर्सायल १६८२ मा बनेको एक शाही निवास थियो । त्यतिबेलाका शासकले न्यायालयको समारोहबाट टाढा आराम गर्नको लागि एक शान्त ठाउँको आवश्यकता महसुस गरिरहेका थिए । त्यही आवश्यकता पूर्ति गर्नको लागि राजधानीबाट २० किलो मिटर टाढा यस्तो दरबारको निर्माण गरियो । भर्सायल दरबार फ्रान्सको सबैभन्दा ठूलो महल मध्येको एक हो । 

फ्रान्सको राज्यक्रान्तिसँग जोडिएको दरबार हो भर्सायलको दरबार । विशेषतः फ्रान्सको राज्यक्रान्तिको मूल दुई कारणमध्ये एक थियो फ्रान्स सरकारको स्वेच्छाचारिता त अर्काे थियो भर्सायल दरबारको भोगविलास र शान । फ्रान्सेली राजाको यो दरबार भोग विलाश र शान शौकतको प्रतीक थियो । त्यो दरबारमा प्रवेश गरेपछि राजा दैवी अधिकारको विश्वास नगरी निरंकुशता लाद्नमा उद्दत देखिन्थे । यही कारण थियो सन् १७८७ मा भएको फ्रान्सेली राज्य क्रान्ति । 

यो दरबार फ्रान्सको इले डि फ्रेन्च भन्ने ठाउँमा बनेको थियो । जुन अहिलेको पेरिस नगर भित्रको एउटा उपनगरमा रहेको छ । त्यो उपनगर फ्रान्सको राजधानीदेखि २० किलोमिटरमो दक्षिण पश्चिमी इलाकामा पर्दछ । 

सन् १७६२ मा फ्रान्सको राजनीतिक शक्ति अदालतको अधिनमा थियो । सोही समय लुभिस् नवौंले पेरिसबाट त्यो ठाउँमा सर्ने निर्णय गरेका थिए । उनीपछिको त्यो पुस्ता भर्सायल दरबारमा यति विलाशी बन्न थाले कि उनीहरु निरंकुशताको जगमा जनताले भनेको मान्दै नमान्ने स्थितिमा पुगे । दरबार बनेको १०० वर्ष पछि सन् १७८९ को अक्टोबर महिनामा राजालाई राजधानीमा फर्किनको लागि जनताले पटक पटक आग्रह गरेका थिए । तर, त्यहाँको त्यो विलासितामा लिप्त राजाले राजधानी फर्किन मानेनन् । सोही कारण पनि राज्यक्रान्ति चर्किने अवसर पायो । 

सोही दरबारको डिजाईन हुबहु मिल्ने गरी सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाए । त्यतिबेला उनले पनि भर्सिलिया दरबारकै विलाशिताको कल्पना गरेर सो दरबार बनाएको देखिन्छ । निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसियाको सबैभन्दा ठूलो दरवारको रुपमा थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको उल्लेख छ । 

Image may contain: sky, cloud and outdoorत्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। मूल दरबार र अन्य संरचनाहरु जे जत्रो बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।
Image may contain: sky and outdoor



नयाँ