arrow

महिलाले मतदान गर्न पाएको विश्व इतिहास, अमेरिका डेढ सय बर्षपछि

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
voting1.png

काठमाडौं । महिला अधिकारको विषयमा पछिल्लो समय विश्वका धेरै मुलुकमा आवाज उठ्न थालेका छन् । तर, अझै पनि सबै मुलुकमा लैङ्गिक विभेद कायमै छ । महिला अधिकारको कुरा गर्दा नछुट्ने विषय हो – महिलाको मतदान दिने अधिकार । महिलालाई मतदानको अधिकार दिन अमेरिकालाई पनि १ सय ४४ वर्ष लागेको थियो । जबकी बेलायतलाई पनि महिलालाई मतदान गर्ने अधिकार दिन करिब १ सय वर्ष लागेको थियो ।

स्वीट्जरल्याण्डको केही क्षेत्रमा सन् १९७४ मा मात्र महिलालाई मतदान दिने अधिकार प्राप्त भएको थियो । न्युजिल्याण्ड विश्वको सबैभन्दा पहिला महिलालाई मतदानको अधिकार दिने मुलुक हो । यो मुलुकमा सन् १८९३ मा पहिलोपटक महिलालाई पनि मतदानको अधिकार दिइएको थियो ।

 महिलालाई मतदानको अधिकारबारे न्युजिल्याण्डमा सन् १८९१, १८९२ र १८९३ मा आन्दोलन चर्किएको थियो । यो आन्दोलनको कारण न्युजिल्याण्डमा महिलालाई मतदानको अधिकार प्रदान गर्न सहयोग गरेको हो । न्युजिल्याण्डमा महिलालाई निर्वाचनमा उठ्नका लागि भने सन् १९१९ मा मात्र अनुमति दिइएको थियो । तर, त्यसका लागि एक शर्त राखिएको थियो कि जो महिलासँग अत्यधिक सम्पत्ति छ, त्यही महिलाले मात्र निर्वाचनमा भाग लिन पाउँथे ।

भारतमा पनि सन् १९४७ मा महिलालाई मतदानको अधिकार प्रदान गरिएको थियो । न्युजिल्याण्डपछि सन् १९०२ मा अष्ट्रेलियाले महिलालाई मतदानको अधिकार दिएको थियो । फिनल्याण्डले सन् १९०६ मा महिलालाई मतदानको अधिकार दिएको थियो । नर्वेमा सन् १९१३ मा महिलालाई मताधिकार दिइएको थियो । अमेरिकाले सन् १९१९ मा महिलालाई मताधिकार प्रदान गरेको थियो ।

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन विक्रम सम्वत् २०१५ फागुन ७ मा भएको आम निर्वाचनमा महिलालाई मतदानको अधिकार प्रदान गरिएको थियो ।  २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको तत्कालिन काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए। २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ