- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आइतबार जनकपुरमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले राज्य संयन्त्रको लाचारीप्रति पनि प्रश्न उठाएका छन् ।
जनकपुरमा आइतबार सिके राउतलाई स्वागत गर्न विमानस्थल पुगेका उनका कार्यकर्ताले सरकारी सुरक्षा घेराभित्र राष्ट्र विखण्डनको नारा लगाएका थिए । त्यसैगरी ब्यानर र झण्डासहित प्रस्तुत भएका थिए ।
सरकारसंग गत शुक्रबार (फागुन २४ गते) भएको ११ बुँदे सहमतिको छैटौं बुँदामा पुराना नारा, ब्यानर, झण्डा केही पनि प्रयोग गर्न नपाइने उल्लेख छ । तर राउतपक्षले त्यसको उल्लंघन गरेको छ ।
कमल थापाले सामाजिक संजालमा सोमबार बिहानै लेखेका छन् –‘हिजो जनकपुरमा सरकारी सुरक्षा घेराभित्र राष्ट्र विखण्डनको नारा, ब्यानर र झण्डा सहित प्रदर्शन हुनु दुर्भाग्यपूर्ण छ । राज्य संयन्त्र किन लाचार भएको छ ?’