arrow

मखमली नबिक्दा किसान चिन्तित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
746115846.jpeg
भक्तपुर । तिहारको लागि अत्यावश्यक पर्ने मखमली फूल बिक्री नभएपछि यसवर्ष किसानले लगाएको लाखौँ रुपैयाँको मखमली फूल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली फूल र माला लैजान नसकेका हुन् । बिगतमा जस्तो यसवर्ष घरघरमा व्यापारीसमेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली फूल र माला खेर जाने भएको हो । 

गतवर्ष तिहारको एक महिना अघि नै मखमली फूल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फूल एवम् माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका ईन्द्र बनमालाले बताए । 

पख्र्यौली पेशाका रुपमा वर्षौं अघिदेखि फूल खेती गर्दै आएका भक्तपुर ताथली बनमाला टोलका ईन्द्रले व्यापारी नआएपछि आफैँ काठमाडौसम्म पुगेर फूल बिक्री गर्न पनि गाउँमा यातायातका साधन सहजरुपमा नपाउने भएपछि समस्या भएको बताए । 

भक्तपुरको सुडाल, गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेललगायतका क्षेत्रका किसानले व्यवसायीकरुपमा फूल खेतीबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । घर घरमै फूल लिन व्यापारी आउने भएपछि केही वर्ष यता भक्तपुरका गाउँगाउँमा मखमली र सयपत्री फूलको व्यावसायीक खेती हुँदै आएको थियो । घरमै प्रतिमाला रु १५ देखि रु ३० सम्ममा व्यापारीले मखमली फूलको माला किनेर लैजाने भएपछि किसान यसतर्फ आकर्षित भएका थिए । 

यसवर्ष मखमली फूलबाट यथेष्ट आम्दामी गर्न सक्ने आशा रहेपनि इन्धन अभावले माला नै बिक्री नहने चिन्ताले सताउन थालेको गण्डुकी रामलक्ष्मी नगरकोटीले गुनासो गरे । वैशाखमा बेर्ना राखेर साउनदेखि नै मखमली फूल टिपेर माला गासेर दसैँ लगत्तै माला बिक्री गर्ने किसान यसवर्ष भने माला बिक्री नहुने चिन्तामा परेको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ