आपकी सांसदको विवादास्पद स्टाटस : प्रधानमन्त्री छान्नुस्, चौकिदार त नेपालबाट ल्याऔंला
प्रकाशित २०७५ फागुन २८ मंगलबार
819
Shares
काठमाडौं । भारतमा आम आद्मी पार्टीकी एक सांसदले नेपाललाई होच्याउने खालको स्टाटस लेखेकी छिन् । लोकसभा चुनावको चर्चा चलिरहेको बेला उनले आफ्नो पार्टीको लागि भोट माग्न नयाँ काईदा सुरु गरेकी हुन् ।
उनले निर्धक्क भएर प्रधानमन्त्री चुन्न भारतबासीहरुलाई आग्रह गरेकी छिन् । बरु चौकिदार नेपालबाट ल्याउने समेत अभिव्यक्ति दिएकी छिन् । उनले नेपालका चौकीदारहरु चोर नहुने उल्लेख समेत गरेकी छिन् ।
उनले ट्वीटरमा यस्तो लेखेपछि नेपाली सामाजिक सञ्जालप्रयोगकर्ताहरु कतिपयले यो अभिव्यक्ति नेपालीलाई हेप्ने प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने कतिपयले भारतका सबै चौकीदार चोर हुन्छन् भन्ने आशयमाथि व्याख्या गर्दै प्रतिक्रिया दिएका छन् ।