‘नेपालबाट चौकीदार ल्याउँला’ भन्ने भारतीय सांसदले गरिन् आत्मालोचना
प्रकाशित २०७५ फागुन २८ मंगलबार
456
Shares
काठमाडौं । निर्धक्क भएर प्रधानमन्त्रीमा मत दिनुस् बरु चौकीदार नेपालबाट ल्याऔंला । भन्ने विवादास्पद स्टाटस लेखेकी आम आद्मी पार्टीकी सांसदले आत्मालोचना गरेकी छिन् ।
सोमबार उनले लेखेको स्टाटसमा व्यापक विरोध भएपछि उनले आत्मालोचना गर्दै फेरि अर्काे स्टाटस लेखेकी छिन् ।
उनको यस अघिको स्टाटसमा निर्धक्क भएर प्रधानमन्त्री चुन्न भारतबासीहरुलाई आग्रह गरेकी छिन् । उनले नेपालका चौकीदारहरु चोर नहुने उल्लेख समेत गरेकी छिन्। मोदीले आफूलाई देशको चौकीदार भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले यस्तो बताएकी थिईन् ।
उनले ट्वीटरमा यस्तो लेखेपछि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले यो अभिव्यक्ति नेपालीलाई हेप्ने प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने कतिपयले भारतका सबै चौकीदार चोर हुन्छन् भन्ने आशयमाथि व्याख्या गर्दै प्रतिक्रिया दिएका छन् ।
उनले पछि प्रधानमन्त्री मोदीले त्यस्तो अभिव्यक्ति दिँदा नेपालीहरुलाई चौकीदार शब्द गाली जस्तो लागेको उल्लेख गरेकी छिन् । उनले चौकीदार शब्दमा विश्वास र भरोसा जोडिएको भन्दै उनले चौकीदारलाई नै सबै सुम्पिएर मानिसहरु चैनसँग सुत्ने गरेको समेत उल्लेख गरेकी छिन् । उनले फर्जी नेपालीले मात्रै भक्तको जस्तो टिप्पणी गरेको आरोप लगाएकी छिन् ।
हमारे देश का प्रधानमंत्री जब से खुद को चौकीदार कहने लगा है,तब से नेपाल के लोगों को चौकीदार शब्द गाली लगने लगा है,जब कि चौकीदार शब्द में एक विश्वास-भरोसा छुपा है,यूँ ही नही कोई अपना सब कुछ किसी को सौप पर चैन से सोता है,
फ़र्जी नेपाली ही भक्तों वाली भाषा बोल सकते हैं।
चिंता नही:). https://t.co/Cvs21BkuEp