भारतीय सांसदले नेपालबारे गरेको विवादित ट्वीट हटाईन्
नेपाल भारत सम्बन्धमा जोड दिदै अल्काले मागिन माफी
प्रकाशित २०७५ फागुन २८ मंगलबार
466
Shares
काठमाडौं । 'प्रधानमन्त्रीमा मत दिनुस् बरु चौकीदार नेपालबाट ल्याऔंला' भन्ने विवादास्पद ट्वीट लेखेकी आम आद्मी पार्टीकी सांसद अल्का लम्बाले आफ्नो ट्वीट नै डिलेट गरेकी छिन्।
यसअघि नेपालीहरुमाथि होच्याउने कुनै अभिप्राय नरहेको भन्दै आत्मालोचना गरेकी उनले नेपालीहरुको आत्मसम्मानमा ठेेेस नलागोस् भनेर ट्वीट डिलेट गरेको उल्लेख गरेकी छिन् । सोमबार उनले लेखेको स्टाटसमा व्यापक विरोध भएपछि उनले पुरानो ट्वीट डिलिट गरेर अर्को ट्वीट गरेकी थिईन् ।
उनको यस अघिको स्टाटसमा निर्धक्क भएर प्रधानमन्त्री चुन्न भारतबासीहरुलाई आग्रह गरेकी थिइन्। उनले नेपालका चौकीदारहरु चोर नहुने उल्लेख समेत गरेकी छिन्। मोदीले आफूलाई देशको चौकीदार भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले यस्तो बताएकी थिईन् । प्रधानमन्त्री मोदी विरूद्ध क्षुद्र टिप्पणी गर्दा अन्तत उनी आफै रक्षात्मक बनेकी हुन् ।
उनले ट्वीटरमा यस्तो लेखेपछि नेपाली सामाजिक सञ्जालप्रयोगकर्ताहरु कतिपयले यो अभिव्यक्ति नेपालीलाई हेप्ने प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने कतिपयले चौकीदार चोर हुन्छन् भन्ने आशयमाथि व्याख्या गर्दै प्रतिक्रिया दिएका छन् ।
उनले पछि प्रधानमन्त्री मोदीले त्यस्तो अभिव्यक्ति दिँदा नेपालीहरुलाई चौकीदार शब्द गाली जस्तो लागेको उल्लेख गरेकी छिन् । उनले चौकीदार शब्दमा विश्वास र भरोसा जोडिएको भन्दै उनले चौकीदारलाई नै सबै सुम्पिएर मानिसहरु चैनसँग सुत्ने गरेको समेत उल्लेख गरेकी छिन्
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless #IndiaNepal friendship.