arrow

विपी राजमार्गमा दैनीक भिआइपी सवारी, सुरक्षा प्रदान गर्दै हैरान प्रहरी

logo
राजन परियार,
प्रकाशित २०७२ चैत १ सोमबार
maxresdefault.jpg.jpeg
सिन्धुली। वीपी राजमार्ग खुलेसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका प्रहरी इकाईहरु दैनीक जसो भीआइपी सुरक्षामा खट्दै हैरान हुने गरेका छन । 
 
राजधानी काठमाडौबाट पुर्व नेपाल तथा तराईका जिल्लासँग जोड्ने वैकल्पीक राजमार्गको रुपमा स्थापित वीपी राजमार्गको सञ्चालन सँगै राजमार्गको प्रयोग गर्ने भीआइपीहरु र जिल्लाका विविध कार्यक्रममा आउने भीआइपीहरूको सख्यामा पनि ह्वातै बृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली दैनीक जसो भीआइपी सुरक्षामा खट्दै हैरान भएको हो । 
 
सरकारको भीआइपी सुरक्षा निती अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलाई सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले स्कटीङ्ग गनुपर्ने व्यवस्था छ भने उनीहरु भन्दा बाहेकका भीआइपीहरुलाई स्कटीङ्ग गर्नैपर्ने बाध्यकारी व्यवस्था छैन । तर भीआइपी जिल्ला प्रवेश गरेपछि सुरक्षाको जिम्मा प्रहरीकै हुने भएकाले आफुहरुले सकेसम्म सुरक्षा प्रदान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनुराग कुमार द्धिवेदीले बताए ।
 
भीआइपीहरु रातिको समयमा पनि यात्रा गर्ने भएकाले सुरक्षा चुनौति भने रहेको उनको भनाई छ । वीपी राजमार्ग स्थित नेपालथोक, झागाँझोली रातमाटा, खुर्कोट र खनियाखर्क र भिमानमा प्रहरी पोष्ट रहेको छ । उक्त इप्रका तथा प्रहरी चौकीले भीआइपीहरुको सुरक्षा गर्ने काम रातदिन गरिरहेकै छन । आवश्यक जनशक्ति र साधन श्रोतको अभावमा भीआइपीहरुलाई आवश्यक्ता अनुसार अझै सुरक्षा प्रदान गर्न असजिलो भएको प्रनाउ द्धिवेदीको भनाई थियो । अहिले सम्म कुनै अप्रिय घटना नभए पनि सुरक्षा चुनौति भने रहने गरेको उनको भनाइ  थियो । 
 
जापान सरकारको सहयोगमा बर्दिबास–सिन्धुली–धुलिखेल सडक वीपी राजमार्ग को सबै सडकखण्डको निर्माण कार्य गत असारमा औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
 
२० वर्ष अघिबाट निर्माण शुरु भएको वीपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–धुलिखेल सम्म १ सय ६० किलोमिटर सडक चार चरणमा निर्माण पूरा भएपछि राजधानी बाट पूर्वी तराईको घन्टौं लामो यात्रा छोटिएको हो । यात्रा छोटिएसँगै भिआइपीहरुको आवतजावतमा निक्कै बृद्धि भएको छ भने साना तथा ठुला सवारी साधनको चापमा समेत बृद्धि भएको  छ। 
 
यसअघि काठमाडौंबाट धादिङ, चितवन हुँदै पूर्वी तराई निस्कन कम्तिमा ७ घण्टा लाग्ने गरेकोमा यो राजमार्ग खुलेपछि काठमाडौंबाट काभ्रेको धुलिखेल हुँदै सिन्धुलीमाडी निस्केर महोत्तरीको बर्दिबाससम्मको १ सय ५८ किलोमिटरको दुरी ४ घण्टामै पार गर्न सकिने भएपछि सवैको आकर्षण यो राजमार्गको यात्रामा बढ्दै गएको छ । 
 
वीपी राजमार्गले जनकपुर अञ्चलका सबै जिल्ला तथा मेची, कोसी र सगरमाथा अञ्चलका राजविराज, विराटनगर, सुनसरी, झापा, इलाम लगायतका पूर्वी जिल्लाबाट सञ्चालन हुने यातायातका साधनलाई काठमाडौंंसम्म जान उपयोगी भएको छ भने अति व्यस्त रहने भीआइपीहरुलाई पनि समयको बचाओट गर्न असाध्यै उपयोगी बनेको छ। 
 
राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई सडक सञ्जालभित्र जोडेको छ। राजमार्गका कारण काठमाडौबाट सिन्धुली तीन घण्टामै आइपुग्न सक्ने अवस्था छ। जस्का कारण सिन्धुलीकै विभिनन् कार्यक्रमहरुमा भाग लिन भीआइपीहरु आइरहने गरेका छन।
 
पछिल्लो एक महिनामा मात्र सिन्धुलीमा उपराष्ट्रपति नन्द बहादुर पुन, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा महिला वालवालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली, कृषि मन्त्री हरिबोल गजुरेल, पशुपक्षि मन्त्री शान्ता मानवी, सिचाई मन्त्री उमेश यादव, आपूर्ति मन्त्री गणेशमान पुन, शिक्षा मन्त्री गीरीराजमणी पोखरेल लगायतका मन्त्रीहरु सिन्धुलीमाढी आइसकेका छन भने उच्च स्तरका सरकारी कर्मचारी तथा पदाधीकारीहरुको आवतजावत पनि निक्कै हुने गरेको छ। 
 
जिल्लाकै कार्यक्रम बाहेक विपी राजमार्गको प्रयोग गरी हिड्ने भिआइपीहरूलाइ समेत जिल्ला प्रहरी कार्यालयले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ । राजमार्गमा ठुला तथा साना सवारीहरूको चापका कारण पनि भिआइपी सुरक्षामा समस्या हुने गरेको प्रहरीको भनाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ