arrow

यी हुन् विश्वका सबैभन्दा महँगा सहर 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ६ बुधबार
paris2.jpg

काठमाडौं । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विश्वका सबैभन्दा महँगा सहरको सूची सार्वजनिक गरेको छ । कम्पनीको ३० वर्षको इतिहासमा पहिलोपटक तीन सहरहरु एकसाथ सबैभन्दा महँगो सहरको रुपमा देखिएका छन् । 

विश्वका सबैभन्दा महँगो सहरमा फ्रान्सको राजधानी पेरिस, हङकङ र सिँगापुर रहेका छन् । फ्रान्सको राजधानी गत वर्ष विश्वको दोस्रो सबैभन्दा महँगो सहर थियो । विश्वका सबैभन्दा महँगा १० सहरमा युरोपका चार सहर छन् । १ सय ६० विभिन्न किसिमका सामग्रीमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको थियो । सर्वेक्षणमा विश्वका १ सय ३३ सहरहरु समावेश थियो । 

कम्पनीहरुलाई विश्वका सहरहरुमा बसोवासको तथ्यांक दिने उद्देश्यका साथमा यो सूचक प्रकाशित गर्न थालिएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका अनुसार सबैभन्दा सस्ता सहरहरुमा पश्चिमा स्ट्याडण्र्डअनुसार नरहेको देखिएको छ । कमजोर घरेलु खर्च तथा अन्य केही मापदण्डमा पछि रहेको कारण उक्त सहरहरु पछाडि परेका हुन् । 

विश्वका सबैभन्दा सस्ता सहरहरमा भने चरम संकटमा रहेको भेनेजुयलाको काराकास र युद्धग्रस्त सिरियाको दमास्कस रहेका छन् । प्रतिवेदनमा सस्ता सहरहरु बस्नका लागि निकै जोखिमपूर्ण रहेको पाइएको छ । सबैभन्दा महँगा सहरहरु भने बस्नका लागि निकै नै महँगो रहेको पाइएको छ । 
उदाहरणका लागि महिलाको कपाल काटेको औसत खर्च १ सय १९ डलर (करीब १२ हजार ९ सय ५० रुपैयाँ ) पर्छ । यसका लागि स्वीट्जरल्याण्डको ज्युरिचमा करीब ७४ डलर तिर्नुपर्छ । जापानको ओसाकामा यसैका लागि ५३ डलर तिर्नुपर्छ । 

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा महँगा सहरहरु यस्ता छन् – 

१. सिंगापुर (सिंगापुर)

२. पेरिस (फ्रान्स)

३. हङकङ (चीन) 

४. ज्युरिच (स्वीट्जरल्याण्ड)

५. जेनेभा (स्वीट्जरल्याण्ड)

६. ओसाका (जापान)

७. सोल (दक्षिण कोरिया) 

८. कोपनहेगन (डेनमार्क)

९. न्युयोर्क (अमेरिका) 

१०. तेल अभिभ (इजरायल)

११. लसएन्जल्स (अमेरिका) 

विश्वका सबैभन्दा सस्ता सहरहरु 

१. काराकास (भेनेजुयला)

२. दमास्कस (सिरिया) 

३. टाश्केन्ट (उज्वेकिस्तान)

४. अल्माटी (काजाकिस्तान)

५. बेंग्लोर (भारत) 

६. कराँची (पाकिस्तान) 

७. लाओस (नाइजेरिया)

८. ब्युनस आयर्स (अर्जेन्टिना) 

९. चेन्नई (भारत) 

१०. नयाँ दिल्ली (भारत) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ