काठमाडौं । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विश्वका सबैभन्दा महँगा सहरको सूची सार्वजनिक गरेको छ । कम्पनीको ३० वर्षको इतिहासमा पहिलोपटक तीन सहरहरु एकसाथ सबैभन्दा महँगो सहरको रुपमा देखिएका छन् ।
विश्वका सबैभन्दा महँगो सहरमा फ्रान्सको राजधानी पेरिस, हङकङ र सिँगापुर रहेका छन् । फ्रान्सको राजधानी गत वर्ष विश्वको दोस्रो सबैभन्दा महँगो सहर थियो । विश्वका सबैभन्दा महँगा १० सहरमा युरोपका चार सहर छन् । १ सय ६० विभिन्न किसिमका सामग्रीमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको थियो । सर्वेक्षणमा विश्वका १ सय ३३ सहरहरु समावेश थियो ।
कम्पनीहरुलाई विश्वका सहरहरुमा बसोवासको तथ्यांक दिने उद्देश्यका साथमा यो सूचक प्रकाशित गर्न थालिएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका अनुसार सबैभन्दा सस्ता सहरहरुमा पश्चिमा स्ट्याडण्र्डअनुसार नरहेको देखिएको छ । कमजोर घरेलु खर्च तथा अन्य केही मापदण्डमा पछि रहेको कारण उक्त सहरहरु पछाडि परेका हुन् ।
विश्वका सबैभन्दा सस्ता सहरहरमा भने चरम संकटमा रहेको भेनेजुयलाको काराकास र युद्धग्रस्त सिरियाको दमास्कस रहेका छन् । प्रतिवेदनमा सस्ता सहरहरु बस्नका लागि निकै जोखिमपूर्ण रहेको पाइएको छ । सबैभन्दा महँगा सहरहरु भने बस्नका लागि निकै नै महँगो रहेको पाइएको छ ।
उदाहरणका लागि महिलाको कपाल काटेको औसत खर्च १ सय १९ डलर (करीब १२ हजार ९ सय ५० रुपैयाँ ) पर्छ । यसका लागि स्वीट्जरल्याण्डको ज्युरिचमा करीब ७४ डलर तिर्नुपर्छ । जापानको ओसाकामा यसैका लागि ५३ डलर तिर्नुपर्छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा महँगा सहरहरु यस्ता छन् –