arrow

केन्द्रीय सदस्य खुल्ला २५ मा बिजयीहरु को को खस्किए ? को को उक्लिए ? (सूचीसहित)

बिश्व प्रकाश शर्मा र रमेश लेखक बाहेक सबै पुराना अनुहार

logo
प्रकाशित २०७२ चैत १ सोमबार
congress-25-image.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रसको १३औं महाधिवेशनको मत परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली काँग्रेसको खुल्लातर्फका केन्द्रीय सदस्यहरुको चर्चा यस अघीको १२औं महाधिवेशनमा झैं चुलिएकै छ। १२ औं महाधिवेशनपछि १३औं मा आइपुग्दा विधान संसोधन हुने बताइएपनि अन्ततः त्यसमा एकमत हुन नसक्दा विधान संसोधन हुन सकेन। जसकारण यसअघी प्रतिष्पर्धा भएका खुल्ला केन्द्रीय सदस्यको २५ पदमा नै यो पटक पनि प्रतिष्पर्धा भयो। यो २५ पदमा १२औं महाधिवेशनमा देखिएका अनुहारहरु नै प्रायः दोहोरिएका छन्। केहि अनुहारहरु नयाँ पनि थपिएका छन्। तर एक दुई जना बाहेक ति अनुहारहरु पनि केन्द्रीय समितिका लागि नयाँ भने होइनन। २५ जनाभित्र आएका केहि अनुहार भने केन्द्रीय समितिमा समावेशी कोटाबाट यसअघी निर्वाचित भइसकेका व्यक्तिहरु छन्। कतिपय भने यसअघी केन्द्रीय तह र जिल्ला तहमै पराजित भएका व्यक्तिहरु छन्। 
 
अघिल्लो महाधिवेशन र यो महाधिवेशनको मत परिणाम र पात्रहरुलाई हेर्दा भने केहि रमाइला तथ्यहरु फेला पर्छ। अघिल्लो महाधिवेशनमा सर्वाधिक २०६१ मत ल्याएर एक नम्वरमा रहेका गगन थापा यो पटक महामन्त्रीका उमेद्वार बने। तर पार्टीभित्रको परम्परागत गुटहरु हावी भएको परिस्थितिमा उनले बदर सहितको मत गन्ने हो भने ६ सय मत ल्याए। जुन महामन्त्री बन्न पर्याप्त रहेन। थापासँगै २०३४ मतका साथ दोस्रो स्थानमा रहेका काँग्रेस नेता अर्जुननरसिंह केसी पनि महामन्त्री बन्न सकेनन्। १३औं महाधिवेशनमा भने थापा र केसीको स्थान शेखर कोइराला र खुम बहादर खड्काले लिएका छन्। कोइराला यसअघीको महाधिवेशनमा रहेको ११औं स्थानबाट एक नम्वरमा उक्लेका हुन्। कोइराला एक नम्वरमा उक्लेपनि उनले यसअघीको १२औं महाधिवेशनमा गगन थापाले ल्याएको जति मत ल्याउन सकेनन्। कोइरालाले यो पटक १८४८ मत ल्याए। कोइरालाले ल्याएको मत यसअघीको केसीले ल्याएको जति पनि रहेन। यसअघीको भन्दा यो पटक बढी मतदाता भएपनि सर्वाधिक बढी ल्याउनेले अघिल्लो महाधिवेशनमा बढी ल्याउनेले बनाएको रेकर्ड तोड्न सकेनन्। न त यो पटक दोस्रो हुनेले १२औं महाधिवेशनमा दोस्रो भएका केसीको जति नै मत ल्याए। केसीको ठाउँमा भने १२औं महाधिवेशनमा तेस्रो स्थानमा रहेका खुम बहादुर खड्का १८४३ मत ल्याएर दोस्रो हुन पुगे। खड्काले यसअघी १७९१ मत ल्याएका थिए। 
 
अघील्लो पटक १७६७ मत पाएर चौथो भएका शशांक कोइरालाले यो पटक महामन्त्रीमा वाजी मारे। अघिल्लो महाधिवेशनमा खुल्ला सदस्यमा पराजति भएका प्रदिप पौडेल यो पटक धेरै मत ल्याउनेमा पर्दै केन्द्रीय सदस्य भए। उनले यो पटक १७६९ ल्याए। यसैगरि काँग्रेसको १३ औ महाधिवेशनमा खुल्ला सदस्य २५ मा दोहोर्‍याएर उठ्नेहरु मध्ये १२ औं महाधिवेशन भन्दा कोही निक्कै खस्किएका छन् भने केहिलाई मतदाताले रुचाएका छन्। १२ औ महाधिवशेनमा ११५५ मत ल्याएर २२ औ नम्बरमा बिजयी भएका कुल बहादुर गुरुङले १३ औ महाधिवशेनमा छलाङ मार्दे १७७३ मतका साथ ४ नम्वरमा उक्लिए।  १२ औ महाधिवेशनमा २३ औ स्थानका साथ बिजयी भएका मनमोहन भट्टराई भने यस पटक पराजित भए। खुल्ला केन्द्रीय सदस्यमा नयाँ अनुहारमा बिश्वप्रकाश शर्मा  र रमेश लेखक बिजयी भए। यी बाहेक खुल्ला २५ मा देखिएका अधिकाशं पहिला केन्द्रीय सदस्य भैसकेकाहरुले नै बाजी मारेका छन्। 

कन्द्रीय सदस्य (खुला २५ सिट)

नेपाली काँग्रेसको १२ औँ महाधिवेशन, २०६७

नेपाली काँग्रेसको १३ औँ महाधिवेशन, २०७२

क्रसं

उम्मेदवारको नाम

मत

क्रसं

उम्मेदवारको नाम

मत

१२ औ महाधिवेशनमा कुन स्थान

१३ औ महाधिवेशनमा कुन स्थान

१.

गगन थापा

२०६१

१.

शेखर कोइराला

१८४८

११

२.

अर्जुन नरसिंह केसी

२०३४

२.

खुमबहादुर खड्का

१८४३

३.

खुम बहादुर खड्का

१७९१

३.

प्रकाशमान सिंह

१७९५

महामन्त्री निर्वाचित

४.

शशाङ्क कोइराला

१७६७

४.

कुल बहादुर गुरुङ

१७७३

२२

५.

प्रदिप गिरी

१७४१

५.

प्रदिप गिरी

१७२५

६.

सुजाता कोइराला

१७३९

६.

प्रदिप पौडेल

१७०९

२६(पराजित)

७.

राम चन्द्र पौडेल

१७०३

७.

बालकृष्ण खाँण

१७०४

८.

रामशरण महत

१६९९

८.

धनराज गुरुङ्ग

१६९७

जनजातीबाट निर्वाचित

९.

बालकृष्ण खाँण

१६०६

९.

रमेश लेखक

१६८९

पराजित

१०.

एनपी साउद

१५५६

१०.

पूर्ण बहादुर खड्का

१६८६

२०

१०

११.

शेखर कोइराला

१५३१

११.

बिमलेन्द्र निधि

१६८०

महामन्त्रीमा पराजित

११

१२.

महेश आचार्य

१५०१

१२.

बल बहादुर के.सी.

१६७४

१९

१२

१३.

मिनेन्द्र रिजाल

१४३५

१३.

महेश आचार्य

१६६९

१२

१३

१४.

प्रकाश शरण महत

१३८२

१४.

विश्व प्रकाश शर्मा

१६२०

उम्मेदवारी नदिएको

१४

१५.

कृष्ण सिटौला

१३७३

१५.

सुजाता कोइराला

१६१९

१५

१६.

चन्द्र भण्डारी

१३६८

१६.

रामशरण महत

१६११

१६

१७.

नारायण खड्का

१३४०

१७.

एन.पि. साउद

१५४७

१०

१७

१८.

गोपालमान श्रेष्ठ

१२८६

१८.

शंकर भण्डारी

१५४७

२१

१८

१९.

बल बहादुर केसी

१२८६

१९.

ज्ञानेन्द्र बहादुर कार्की

१५०२

२४

१९

२०.

पूर्ण बहादुर खड्का

१२४६

२०.

गोपालमान श्रेष्ठ

१४९९

१८

२०

२१.

शंकर भण्डारी

१२१९

२१.

चन्द्र भण्डारी

१४९२

१६

२१

२२.

कुल बहादुर गुरूङ

११५५

२२.

प्रकाश शरण  महत

१४९१

१४

२२

२३.

मनमोहन भट्टराई

१०८०

२३.

बद्री पाण्डे

१४८५

सेतीबाट निर्वाचित

२३

२४.

ज्ञानेन्द्र बहादुर कार्की

१०६८

२४.

नारायण खडका

१४६४

१७

२४

२५.

दिप कुमार उपाध्याय

१०२०

२५.

मिनेन्द्र रिजाल

१४२०

१३

२५

 



नयाँ