arrow

डुंगा दुर्घटनामा परी सय जनाको ज्यान गयो

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
ferry-accident.jpg

काठमाडौं । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

Aftermath of Mosul ferry sinking

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् ।

धेरैजसो मृतकहरुले पौडी खेल्न नजानेरै ज्यान गुमाउनु परेको बीबीसीले जनाएको छ । ५५ जनाको जीवितै उद्धार गरिएको छ ।

Tourist island near Mosul

डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।

Aftermath of Mosul ferry sinking

मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । 

एम्बुलेन्स र हेलिकोप्टर उद्धारमा खटिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ