-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् ।
धेरैजसो मृतकहरुले पौडी खेल्न नजानेरै ज्यान गुमाउनु परेको बीबीसीले जनाएको छ । ५५ जनाको जीवितै उद्धार गरिएको छ ।

डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।

मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो ।
एम्बुलेन्स र हेलिकोप्टर उद्धारमा खटिएका छन् ।