arrow

यो वर्ष ५० बढी मुलुकमा निर्वाचन हुँदैः २ अर्ब भन्दा बढी मतदाता

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
election-_eco.jpg

काठमाडौं । सन् २०१९ मा संसारभरका ५० भन्दा बढी मुलुकका २ अर्ब मतदाता सरकार प्रमुख चुन्नका लागि भोट हाल्दैछन् ।

यही वर्ष संसारकै सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा ८० करोड मतदाताले भोट हाल्दैछन् । त्यस्तै इन्डोनेशियाका १८ करोड ७० लाख र नाइजेरियाका ८ करोड ४० लाख मतदाताले नयाँ नेतृत्व चुन्दैछन् । 

मतदान पद्धतिहरु –
राष्ट्र प्रमुख चुन्नका लागि विश्वभरमा मुख्यतः तीन प्रकारका मतदान पद्धति अपनाउने गरेको पाइन्छ । 
राष्ट्रतीय निर्वाचन –
यो चुनावमा मतदाताले राष्ट्र प्रमुख वा राष्ट्रपति चुन्छन् । राष्ट्रपतिले राजनीतिको सर्वोच्च पद सम्हाल्छन् र आधिकारिक रुपमा मुलुकको प्रतिनिधित्व गर्छन् ।
संसदीय निर्वाचन – 
यो वैधानिक निकाय आम मतदाताको मतदानबाट चुनिने गर्छ । संसदबाट नै सरकार प्रमुख वा प्रधानमन्त्री निर्वाचित हुन्छन् । संसदले नै कानुन बनाउँछ र सरकारको दैनिक काम कार्वाही चलाउने गर्छ । दक्षिण अफ्रिका, ब्राजिल र अमेरिका जस्ता प्रधानमन्त्री नभएका मुलुकमा राष्ट्रपतिनै राष्ट्र प्रमुख र सरकार प्रमुख हुन्छन् । 
आम निर्वाचन – 
यस्तो खलाको चुनावबाट राष्ट्र प्रमुखसँगै संघ वा प्रदेश प्रमुख र स्थानीय जनप्रतिनिधि चुनिने गर्छन् । 
सन् २०१९ मा चुनाव हुने मुलुकहरु यी हुन् –

मतदाता बन्न पाउने उमेर हद –
विश्वको ९० प्रतिशत मतदाताले १८ वर्षपछि मदतान गर्न पाउँछन् । तर अर्जेन्टीना, अष्ट्रिया, ब्राजिल, क्यूवा लगायत विश्वका ७ मुलुकमा १६ वर्षको उमेर पुुगेपछि मतदान गर्न पाउँछन् । इथियोपिया, इण्डोनेशिया लगायत चार मुलुकमा मतदाताको उमेर हद १७ वर्षको छ । नेपाल सहित विश्वका १६० मुलुकमा १८ वर्ष पुुगेका नागरिक नाबालिग हुन्छन् । विश्वको एक मात्रै मुलुक दक्षिण कोरियामा मतदाता बन्न १९ वर्ष पुुग्नुुपर्छ । त्यस्तै क्यामरुन र नाउरुमा नाबालिग बन्न २० वर्ष पुुग्नुुपर्छ भने लेबनन, मलेशिया, सामोआ, सिंगापुर र टोंगा सहित ५ मुलुकमा मतादाता बन्ने उमेर हद २१ वर्षको राखिएको छ । 

कुन कुन मुलुकमा सबै नागरिकले मतदान गर्न पाउँछन् ? 
सन् १८९३ मा न्यूजिल्याण्डले पहिलो पटक महिलालाई मतदानको अधिकार दिएको थियो । १९५० को दशकसम्म आइपुुग्दा विश्वका दुुई तिहाइ मुलुकले सबै प्रौढ नागरिकलाई मतदानको अधिकार दिए । १९९४ मा मात्रै अफ्रिकन क्षेत्रमा दक्षिण अफ्रिकाले सबभन्दा पछिल्लो पटक सबै बालिग नागरिकलाई मतदानको अधिकार दियो । अफगानिस्तानमा भने पटक पटक महिलाले मतदानको अधिकार पाउने र गुमाउने क्रम जारी रह्यो । सन् २००४ पछि मात्रै त्यहाँका महिलाले मतदानको अधिकार पाए । 
आवधिक चुनावको चलन 

संसारका प्राय मुलुकमा हरेक ४ देखि ५ वर्षमा चुनाव गर्ने चलन छ । आवधिक चुनावमा सान मारिनोको चलन रमाइलो छ । त्यहाँ दुुईमध्ये एउटा बैकल्पिक पार्टीले ६, ६ महिनामा नेतृत्व चयन गर्नुपर्छ । सान मारिनोमा वर्षेनी सरकार प्रमुखको चुनाव हुन्छ । 

अष्ट्रेलिया, फिजी, न्यूजिल्याण्ड र नौरुमा हरेक ३ वर्षमा चुनाव गरिन्छ । जर्मनी, ब्राजिल, अमेरिका थाइल्याण्ड लगायत विश्वका ४८ मुलुकमा चार, चार वर्षको अन्तरालमा चुनाव गरिन्छ भने, नेपाल, भारत, बेलायत लगायत विश्वका १०४ मुलुकमा हरेक पाँच वर्षमा सरकार प्रमुख चुन्नका लागि चुनाव हुनेगर्छ । त्यस्तै रसिया, भेनेजुएला, मेक्सिको लाइबेरिया लगायत ६ मुलुका हरेक ६ वर्षमा र ९ वटा मुलुकमा सातसात वर्षमा चुनाव गरिन्छ । तर डेनमार्क ग्रीस, जोर्डन, मोन्टेनेग्रो, तुभालु र भनौतु सहित ६ वटा मुलुकमा यत्ति नै अबधिमा चुनाव गर्नुपर्छ भन्ने नियम छैन । 

सरकार प्रमुखका लागि कतिपल्ट चुनाव लड्न पाउने ? 
विश्वका अधिकांश मुलुकमा एकदेखि दुई कार्यकालका लागि मात्रै सरकार प्रमुखको चुनाव लड्न पाउने व्यवस्था छ । तर बेलायत र न्यूजिल्याण्डमा सरकार प्रमुखले राजीनामा नदिसम्म वा संसदमा बहुमत गुमाएसम्म सरकार प्रमुखले शासन गरिरहन पाउँछन् । भेनेजुएला सहितका केही मुलुकमा सरकार प्रमुखको कार्यकाल तोकिएको हुँदैन तर निश्चित अबधिपछि मतदाताले चुनाव आह्वानका लागि दरखास्त, निवेदन हाल्न पाउने प्रावधान छ । 

विश्वका ३४ मुलुकमा एक कार्यकालका लागि मात्रै सरकार प्रमुखको जिम्मेवारी समाल्न पाइन्छ । ८५ मुलुकमा २ वटा कार्यकाल तोकिएको छ भने, ५९ मुलुकमा कुनै निश्चित कार्यकाल तोकिएको छैन । नेपालमा एउटै व्यक्ति २ पटक राष्ट्रपति बन्न पाउँछन् । तर प्रधानमन्त्री भने जतिपटक पनि बन्न पाउँछन् । 

विश्वका कुन सरकार प्रमुखले कति वर्ष शासन गरेका छन् ? 
क्यामरुनका राष्ट्रपति पल बिया संसारमै सबभन्दा बढी शासन गर्ने नेतामा दरिएका छन् । गैर शाही नेता भएपनि पल ४४ वर्षदेखि शासनमा छन् । उनीपछि इक्वेटोरियल गिनीका टिओडोरो ओबिआङ गुएमा एम्बासोगो ४० वर्षदेखि र कम्बोडियाका हुन सेनले ३४ वर्षदेखि शासन गर्दै आएका छन् । 

हाल विश्वका ३५ मुलुकका सरकार प्रमुख, एक वर्षभन्दा कम अबधी शासनमा छन् । ७४ मुलुकका सरकार प्रमुख एक देखि चार वर्ष, ३८ मुलुकका सरकार प्रमुख ५ देखि ९ वर्ष, १९ मुलुकका नेता १० देखि १९ वर्ष, ९ वटा मुलुकका सरकार प्रमुख २० देखि ३० वर्ष र ४ मुलुकका सरकार प्रमुखले ३० वर्षभन्दा बढी अबधीदेखि शासन चलाइरहेका छन् । 

कैदीबन्दीले मतदान गर्न  पाउने—नपाउने 
कैदीबन्दीले मतदान गर्न पाउने नपाउने भन्ने नियम मुलुक अनुसार फरक छन् । सालाखाला विश्वका एक तिहाइ मुलुकमा कैदीबन्दीले पनि मतदान गर्न पाउँछन् । एक तिहाइ मुलुकले, सजायको प्रकृति हेरेर भोट हाल्न पाउने नपाउने प्रावधान राखेका छन् भने बाँकी एक तिहाइ मुलुकले कैदीबन्दीलाई भोट हाल्न नदिने नियम बनाएका छन् । 

नेपाल सहित विश्वका ५२ मुलुकमा कैदीबन्दीले भोट हाल्न पाउँछन् । ६५ मुलुकमा केही (सजायको प्रकृति हेरेर) कैदीले भोट हाल्न पाउँछन् भने बेलायत, न्यूजिल्याण्ड, रसिया, अर्जेन्टीना लगायत ६० मुलुकमा कैदीबन्दीलाई भोट हाल्ने अधिकार दिइएको छैन । (अल जजिराको सहयोगमा) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ