arrow

आईपीएलमा दुःखद ओपनिङ, के गर्लान् टिममा पर्न सन्दिप लामिछाने

logo
प्रकाशित २०७५ चैत १० आइतबार
sandip-lamichane.JPG

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट शनिबारदेखि सुरु भएको छ । खेलमा सुरुवात भने सुखद हुन सकेन ।

सबैभन्दा खराव प्रदर्शन त भारतीय कप्तान विराट कोहलीले सम्हालेको रोयल च्यालेन्जर्स बैंगलोरको रह्यो । पहिलो खेलमा मात्र १४१ रन बन्न सक्यो । 

खेलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन चेन्नईले खेल ७ विकेटले जित्यो । घरेलु मैदानमा चेन्नईले बैंगलोरलाई १७.१ ओभरमा अलआउट पार्दै ७० रनमा रोक्न सफल भयो । 

पार्थिव पटेलले ३५ बलमा सर्वाधिक २९ रन जोडे । त्यसबाहेक कुनै पनि खेलाडीले डबल डिजिटको अंक समेत बनाउन सकेनन् । कप्तान कोहलीले ६ रन बनाए जुन सर्वाधिकबाट चौथो नम्बरमा पर्यो ।

निकै खराव खेलेको बैंगलोरलाई रोक्न म्यान अफ द म्याच हर्भजन सिंह र इम्रान ताहिरले ३–३ विकेट लिए । 

निकै कम योगफलको लक्ष्य पुरा गर्न चेन्नईलाई १७.४ ओभरसम्म पुग्नुपर्यो र ३ विकेटको नोक्सानीमा पुरा गर्यो । यो योगफल भने टी–२० को निराशाजनक योगफल हो । 

आईपीएलमा आइतबार २ खेल हुँदैछन् । 

पहिलो खेलमा ४ः१५ बजे कोलकाता नाइट नाइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । 

दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स राति ८ः१५ मा खेल्नेछन् । 

दिल्ली नेपाली क्रिकेटका ढुकढुकी सन्दिप लामिछानेको टोली हो । 

के गर्लान् सन्दिपले ? 

खेल मुम्बईमा हुँदै गर्दा सन्दिपले खेल्ने अपेक्षा धेरैको छ । तर निकै नै अनुभवी खेलाडीहरुले भरिएको दिल्लीबाट सुरुआतमै सन्दिपले खेल्न पाउने नपाउने टुंगो छैन । 

तीन पटकको च्याम्पियन मुम्बईसंग खेल्दा दिल्लीले परीक्षण गर्ने सम्भावना कम छ । 

दिल्ली सन् २०१२ पछि प्लेअफमा पुग्न सकेको छैन । भारतीय खेलाडी श्रेयर ऐयरको नेतृत्वमा रहेको टिमले सन्दिपलाई पहिलो खेलमै मौका दिने सम्भावना रहेको पनि बताइन्छ । 

अहिलेसम्म प्लेइङ सेट आएको छैन । सन्दिपले गत वर्ष अन्तिम ३ खेलमा मात्र मौका पाएका थिए । सन्दिपले आईपीएलमा ५ विकेट लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ