हिन्दू बच्चीहरुको विषयमा भारत र पाकिस्तानका मन्त्रीहरुबीच 'कूटनीतिक जुहारी'
प्रकाशित २०७५ चैत १० आइतबार
454
Shares
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा दुई हिन्दू कन्यालाई जबर्जस्ती विवाह गराएको र धर्म परिवर्तन गराएको खबर पछि भारतीय विदेश मन्त्रीले यसबारे रिपोर्ट मागेकी छिन् । विदेश मन्त्री सुष्मा स्वराजले ट्विटरमा भारतीय उच्चायोगसँग यस मामलाको रिपोर्टको लागि निर्देशन दिएकी छिन् । जसका कारण इमरान खान सरकारका मन्त्री आक्रोशित भएका छन् । मन्त्री फवाद चौधरीले ट्वीट गर्दै यसलाई पाकिस्तानको आन्तरिक मामला भनेका छन् । जसमा सुष्माले फेरि पनि अर्को जवाफ लेखेकी छिन् ।
पाकिस्तानका सूचना मन्त्रीले यस मामलालाई पाकिस्तानको आन्तरिक मामला भन्दै ट्वीटमा भनेका छन्, 'मैम यो पाकिस्तानको आन्तरिक मामला हो । बाँकी म तपाईंलाई आश्वस्त पार्न चाहन्छु कि यो मोदीको भारत होइन । जहाँ अल्पसंख्यकहरुलाई प्रताडित गरिन्छ । यो इमरान खानको नयाँ पाकिस्तान हो जहाँ हाम्रो झण्डाको सेतो रंगले सबैलाई समान रूपले प्रिय छ। म आशा गर्छु कि तपाई यसैगरी भारतका अल्पसंख्यकहरुको अधिकारको लागि समेत खडा हुनुहोस् ।
इमरान खानका मन्त्रीको यस ट्वीटको जवाफमा विदेश मन्त्री सुषमा स्वराजले जवाफ दिएकी छिन् । स्वराजले ट्वीट गर्दै भनेकी छिन् कि, 'श्रीमान मन्त्री फवाद चौधरी- मैले इस्लामाबादको भारतीय उच्चायोगसँग २ हिन्दू बच्चीहरुमाथि जवर्जस्ती इस्लाम बनाएको बारे जवाफ मागेको थिएँ । यो नै तपाईंको लागि काफी थियो । मैले त सिर्फ यही मात्रै देखेको छु कि तपाईंले आफ्नो गल्ती स्वीकार गर्नु भयो ।
पाकिस्तानका प्रधानमन्त्रीले समेत यस मामलमा तत्काल जाँचको लागि आदेश दिएका छन् । मन्त्री फवाद चौधरीले पनि यसको जानकारी दिँदै बताएका छन् कि प्रधानमन्त्रीले मामलाको जाँचको साथ तत्काल कारवाहीको लागि आदेश दिएका छन् ।