काठमाडौं, पोखरा, हेटौंडा र विराटनगरका ११ शोरुमबाट शिखर सुज भारी छुटमा
प्रकाशित २०७५ चैत १० आइतबार
315
Shares
काठमाडौं। शिखर सुजले राजधानीलगायत देशका विभिन्न शहरमा रहेका शोरुमबाट समर सेल सुरु गरेको छ। समर सेलका अवसरमा शिखरका देशभरका शोरुमबाट भारी छुट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र हेटौंडाका ११ शोरुमबाट ६० प्रतिशितसम्म छुटमा जुत्ता किन्न पाइने जनाएको छ।
पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको शोरुम मोवाइलः९८०१०१५७०१
समर सेल मेलामा शिखरले बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध गराएको छ। त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए।
समर सेलमा ग्राहकहरुको अत्यधिक चाप रहेको प्रसाईले बताए। ग्राहकहरुको मागलाई मध्यनजर गरि अन्य शहरहरुमा पनि समर सेल विस्तार गर्ने योजना प्रसाईले सुनाए।