arrow

यू–२३ च्याम्पियनसिप छनोटमा नेपाल कतारसँग पराजित

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
nepal0u23.jpg

काठमाडौँ । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । 

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । 

खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । 

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो ।

त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाए । 

हारपछि यसो भने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले
हार स्वीकार्दै महजनले कतार नेपालभन्दा धेरै बलियो र माथिल्लो स्तरको टोली हो । तर, यति फराकिलो नतिजाको अपेक्षा थिएन । पहिलो हाफमा हामीले राम्रो खेल्न सकेका थियौं । पेनाल्टीमा गोल खाए पनि खेलाडीले पोजिसनअनुसार खेलिरहेका थिए । दोस्रो हाफमा लगातार गोल खाँदा खेलाडीहरु हतोत्साही बने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ