arrow

बलिदानी दिन तयार छु भन्ने जेट एयरवेजका अध्यक्षले दिए राजीनामा

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
naresh_goyel.JPG

काठमाडौं । कर्जाको जालमा फसेको जेट एयरवेजका अध्यक्ष नरेश गोयल र उनकी पत्नी अनिता गोयलले सोमवार बोर्डको सदस्यबाट राजीनामा दिएका छन् । नरेश गोयलले कम्पनीको अध्यक्ष पदबाट समेत राजीनामा दिएका हुन् । यसभन्दा पहिले उनले स्वयंलाई राजीनामा पेश गरेका थिए । नरेश गोयल जेट एयरवेजका प्रमुख प्रमोटरमध्येका एक हुन्। उनले संकटका बीच कर्मचारीहरुलाई भावुक पत्र समेत लेखेका थिए । जसमा उनले भनेका थिए कि उनी कुनै पनि बलिदान दिन तयार छन् । 

जेटले बम्बे स्टक एक्सचेन्जसँगको बयानमा भनेको छ कि, 'भारतीय स्टेट बैंक (एसबीआई) को नेतृत्वमा जेटको कर्जादाता डेट इन्स्ट्रूमेन्ट्सको जसरी कम्पनीमा १५०० करोड रुपैयाँको पूँजी राखिन्छ ।' जेटले यो पनि भनेको छ कि कर्जादाताहरुको नेतृत्वमा एक 'अन्तरिम म्यानेजमेन्ट कमिटि' को गठन गरिएको छ जसले कम्पनीको दैनिक कामकाज र नगद प्रवाहको प्रबन्धन गर्दछ । 

जेट एयरवेजको कर्जादाताहरुले कम्पनीको बोर्ड र प्रबन्धनलाई आफ्नो नियन्त्रणमा लिएको छ र १ दशमलव १४ करोडको शेयर जारी गरिसकेको छ । कर्जादाता कम्पनीको लागि एक नया रणनीतिक पार्टनर खोज्नको लागि छिट्टै नै एक अक्शनको प्रक्रिया शुरू गरिनेछ । यस मामलासँग जोडिएको एक व्यक्तिले बताए अनुसार कर्जादाताहरुको साथमा अब जेटको आधा भन्दा केहि अधिक हिस्सेदारी हुनेछ । जबकि गोयलको समेत हिस्सेदारी ५० प्रतिशत भन्दा आधा रहनेछ । 

लामो समयदेखि जेट एयरवेज वित्तीय संकटले घेरिएको छ। जुन कम्पनीहरुसँग कम्पनीले प्लेन लीजमा लिएको थियो उनको समेत भाडा रोकिएको थियो । कर्मचारीहरुको तलव समेत अहिले दिन कम्पनीले सकिरहेको छैन । नरेश गोयल हटेपछि जेटका ऋणदाता संघका सदस्य उनको ५१ प्रतिशत हिस्सेदारीलाई एयरलाइन्समा मिलाउन सक्दछन् । त्यसपछि आगामी हप्तामा नै नयाँ खरिददारको खोजी सुरु हुनेछ । नरेशपछि सीईओ विनय दुबे जेट एयरवेजलाई संकटबाट बाहिर निकाल्नको लागि पूरा कोशिष गर्नेवाला छन् । 

फण्ड विरुद्ध थिए एसबीआई 
एसबीआई शुरुआतदेखि अहिलेसम्म जेट एयरवेजलाई आपतकाल फण्ड दिने प्रस्ताव विरुद्ध रहेको छ । बैंक यस समस्याको सही समाधान चाहन्छ । तर, एसबीआई अब त्यो फण्ड दिन तयार छ। 

२६ बैंकको ८ हजार करोड कर्जा 
अहिले जेट एयरवेजको कुल २६ बैंकको कर्जा छ। यसमा केही प्राइवेट र विदेशी बैंक समेत सामेल छ । पब्लिक सेक्टरको बैंकमा केनरा बैंक, बैंक अफ इन्डिया, सिण्डिकेट बैंक, इण्डियन ओवरसिज बैंक, इलाहबाद बैंक समेत सामेल छन् । अब यस लिस्टमा एसबीआई र पीएनबीको समेत नाम जोडिएको छ । एयरलाइन्समा करिब ८ हजार करोड ऋण छ । जेटका पायलटले पहिले नै अल्टिमेटम दिइसकेका छन् कि यदि ३१ मार्चसम्म उनीहरुको सबै पैसा चुक्ता नगर्ने हो भने उनीहरु कुनै पनि फ्लाइट उडाउने छैनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ