arrow

जवर्जस्ती विवाह गर्न बाध्य हिन्दू बालिकाको पक्षमा इस्लामावाद अदालतको फैसला

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
Islamabad_highy_coart1.jpg

इस्लामावाद। पाकिस्तानमा होलीको मौकामा जवर्जस्ती दुई हिन्दू बालिकाहरुको मामलाबारे इस्लामावादको उच्च अदालतले फैसला गरेको छ । यस अघि इमरानखानले यसबारे छानविन गर्नको लागि निर्देशन दिएको सो घटनाबारे इस्लामाबाद हाई कोर्टले मंगलवार विहान प्रशासनलाई आदेश दिएको हो । 

सो आदेश अनुसार दुबै हिन्दू बालिकाहरुलाई यथासक्य चाँडो खोजी गर्न भनिएको छ । साथै दुबैलाई सरकारी हेरचाहमा राख्न समेत भनिएको छ । यस मामल बाहिर आएपछि भारतकी विदेश मन्त्री सुषमा स्वराजले पाकिस्तानका मन्त्रीसँग समेत यसबारे बहस गरेकी थिइन् । यस मामलालाई लिएर हाई कोर्टमा याचिका दायर भएको थियो । जसमा मंगलवार सुनवाई भएको हो । 

होलीको दिन पाकिस्तानको सिन्ध प्रान्तबाट दुई बालिका अपहरणमा परेका थिए । अपहरणको घटनापछि भाईरल भएको एक भिडियोमा ती दुबै बालिकालाई जवर्जस्ती विवाह गरिँदै थियो र उनीहरुलाई इस्लाम कबुल समेत गराईएको थियो । सोही भिडियो भाईरल भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो विषयमा छानविन गर्नको लागि निर्देशन दिएका थिए । सोही विषय अदालतमा समेत पुगेपछि अदालतले पनि सोही अनुसारको फैसला गरेको हो । 

भिडियो भाईरल भएपछि भारतीय विदेश मन्त्रालयले समेत सो विषयमा चासो राखेकि थिईन् भने उनको सो चासोमाथि टिप्पणी गर्दै पाकिस्तानी मन्त्रीले पनि यसबारे छानविन हुने बताएका थिए । सो विषयमा पाकिस्तानी प्रहरीले ७ जनालाई पक्राउ गरेर छानविन प्रक्रिया अघि बढाएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ