जवर्जस्ती विवाह गर्न बाध्य हिन्दू बालिकाको पक्षमा इस्लामावाद अदालतको फैसला
प्रकाशित २०७५ चैत १२ मंगलबार
786
Shares
इस्लामावाद। पाकिस्तानमा होलीको मौकामा जवर्जस्ती दुई हिन्दू बालिकाहरुको मामलाबारे इस्लामावादको उच्च अदालतले फैसला गरेको छ । यस अघि इमरानखानले यसबारे छानविन गर्नको लागि निर्देशन दिएको सो घटनाबारे इस्लामाबाद हाई कोर्टले मंगलवार विहान प्रशासनलाई आदेश दिएको हो ।
सो आदेश अनुसार दुबै हिन्दू बालिकाहरुलाई यथासक्य चाँडो खोजी गर्न भनिएको छ । साथै दुबैलाई सरकारी हेरचाहमा राख्न समेत भनिएको छ । यस मामल बाहिर आएपछि भारतकी विदेश मन्त्री सुषमा स्वराजले पाकिस्तानका मन्त्रीसँग समेत यसबारे बहस गरेकी थिइन् । यस मामलालाई लिएर हाई कोर्टमा याचिका दायर भएको थियो । जसमा मंगलवार सुनवाई भएको हो ।
होलीको दिन पाकिस्तानको सिन्ध प्रान्तबाट दुई बालिका अपहरणमा परेका थिए । अपहरणको घटनापछि भाईरल भएको एक भिडियोमा ती दुबै बालिकालाई जवर्जस्ती विवाह गरिँदै थियो र उनीहरुलाई इस्लाम कबुल समेत गराईएको थियो । सोही भिडियो भाईरल भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो विषयमा छानविन गर्नको लागि निर्देशन दिएका थिए । सोही विषय अदालतमा समेत पुगेपछि अदालतले पनि सोही अनुसारको फैसला गरेको हो ।
भिडियो भाईरल भएपछि भारतीय विदेश मन्त्रालयले समेत सो विषयमा चासो राखेकि थिईन् भने उनको सो चासोमाथि टिप्पणी गर्दै पाकिस्तानी मन्त्रीले पनि यसबारे छानविन हुने बताएका थिए । सो विषयमा पाकिस्तानी प्रहरीले ७ जनालाई पक्राउ गरेर छानविन प्रक्रिया अघि बढाएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।