भारतमा राजनीतिमाथिको वितृष्णा : २०१४ मा ६० लाखको मत 'नो भोट'मा
प्रकाशित २०७५ चैत १३ बुधबार
537
Shares
नयाँ दिल्ली। लोकसभा चुनाव २०१४ मा भएको लोकसभा चुनावदेखि नै भारतको चुनावी व्यवस्थामा नोटाको विकल्प शुरू भएको थियो । जहाँसम्म परिणामलाई प्रभावित गराउने तर्फ हेर्दा सो प्रणालीले त्यति धेरै प्रभावित बनाउन सकेको त देखिँदैन । तर, नोटा उसमा एकदमै प्रभावकारी भूमिकामा नगहेपनि केही स्थानमा भने त्यो एकदमै प्रभावकारी रहेको देखिएको छ । यदि कुनैपनि निर्वाचन क्षेत्रमा नोटालाई सबैभन्दा अधिक मानिसले दबाए भने पनि विजेता उम्मेदवार त्यही व्यक्ति हुन्छ । जो उम्मेदवारहरुमा सर्वाधिक मत प्राप्त गर्न सफल हुनेछ । २०१४मा कैयौं राज्यमा नोटाको बटम एकदमै धेरै दबाएको भेटिएको छ । नोटालाई लिएर २०१४ मा कुन् राज्यमा कस्तो रह्यो आकडा ?
मेघालयमा सबैभन्दा धेरै
यदि प्रतिशतको आँकडामा कुरा गर्ने हो भने मेघालय एउटा अव्वल राज्य हो। मेघालयमा झण्डै ३ प्रतिशत मतदाताले नन अफ द अबव (नोटा, अर्थात यस मध्ये कोही पनि होइन) मा मत दिएका थिए । दोस्रो नम्बरमा छत्तिसगढमा १ दशमलव ९४ (२२४८८९), तेस्रो नम्बरमा गुजरात १ दशमलव ७७ प्रतिशत (४५४८८५), चौथो नम्बरमा बिहार १ दशमलव ६३ प्रतिशत (५८०९६४) र पाँचौं नम्बरमा झारखण्ड १ दशमलव ५६ प्रतिशत (१९०९२७) जना रहेका थिए । छैटौं स्थानमा ओडिशा, सातौंमा मिजोरम, आठौंमा तमिलनाडुमा, नवौंमा सिक्किम र १० औं स्थानमा मध्य प्रदेशका मतदाताले नोटामा भोट हालेका छन् ।
२०१४ मा नोटा भोटको आँकडा
६० लाख भोट नोटाको बटममा दबाइएको छ । जुन कूल मतदान गरेकाहरुको १.०८ प्रतिशत हो । उत्तर प्रदेशमा सघन जनसंख्याका कारण ६ लाखमानिसले नोटामा मत दिएका छन् । तर सो संख्या केवल शून्य दशमलव ७ प्रतिशत हो ।
यसबाहेक तमिलनाडुको नीलगिरिमा २०१४मा सर्वाधिक नोटा भोट ४६ हजार ५ सय ५९ रहेको थियो । लक्षद्वीपमा यो आँकडा सबैभन्दा कम देखिएको छ । त्यहाँ केवल १२३ मतदाताहरुले नोटामा भोट हालेका थिए ।
२३ सीटमा नोटाको बढी महत्व
२०१४ मा २३ सीटमा नोटा भोट विजेता उम्मेदवारहरुको जीतको अन्तर भन्दा धेरै देखिएको छ । यी २३ सिटमध्ये पनि ११ सीट यस्तो थियो जसमा कांग्रेस दोस्रो स्थानमा रहेको थियो भने, ४ वटामा बीजेपी दोस्रो स्थानमा रहेको थियो । २३ सिटमा ६ सीट कर्नाटक र ओडिशाको थियो भने दुबै राज्यमा समान राज्यमा यस्तो ३-३ सीटको थियो। लद्दाखमा ३६ भोटबाट उम्मेदवारको जीत भएको थियो । जबकि त्यहाँ १२०७ भोट नोटामा हालिएको थियो । ओडिशाको नबरङ्गपुरमा नोटा बटन ४२ हजार मतदाताहरुले थिचेका थिए । जबकी त्यहाँ जीतको अन्तर यसभन्दा धेरै कम थियो ।
नोटा भन्दा पहिले नेगेटिभ भोटको थियो
नोटाको प्रावधान २०१४ को लोकसभा चुनावमा शुरू भएको थियो । कोर्टले चुनाव आयोगलाई २०१३ मा मतदाताहरुको लागि यो विकल्प दिन निर्देशन दिएको थियो । यसभन्दा पहिले नेगेटिभ वोटको व्यवस्था थियो । तर, कोर्टले त्यसलाई असंवैधानिक मान्दै खारेज गरिदिएको थियो ।