काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुबैबीच दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए । भेटमा सहभागि खनालले बाहिर चर्चामा आए जस्तो भेटमा मधेसवादी दलहरु असन्तुष्ट रहेको प्रदेशको सीमाङ्कनको विषय टुंगो लगाउनेबारे छलफल नभएको बताए ।
भेटका क्रममा भारतीय
विदेश सचिस जयशंकरले भारतले नेपालमा स्थायीत्व र विकास चाहेको धारणा राखे । नेपालको स्थायीत्वका लागि भारतले गर्दै आएको सहयोग जारी रहने जयशंकरको भनाई थियो । जयशंकरले भारतले प्रधानमन्त्री ओलीलाई विश्वास गरेको बताए । उनले भने, ‘तपाईप्रति हामी विश्वासी छौं, नेपालको स्थायीत्व र विकासका लागि तपाईले नै केही नौला प्रयत्न गर्न सक्नु हुन्छ भन्ने हाम्रो बुझाई छ ।’ भ्रमणपछि भारतीय सवै पक्षले तपाईलाई निकै विश्वास गरेका छन् ।
विहान मधेसी नेताहरुसंगको भेटमा ओलीसंगको भेटमा मधेस समस्याबारे कडारुपमा प्रस्तुत हुन्छु भनेका जजशंकरले ओलीलाई फुर्काए । ओलीले नेपाल भारतबीच सुध्रिएको सम्बन्धलाई निरन्तरता दिन र नेपालमा रहेका आन्तरिक समस्या सुल्झाउन आफु प्रयत्नशील रहेको प्रतिक्रिया दिए । ओलीले भने, ‘अब दौत्य सम्बन्ध निकै उचाईमा लैजानु पर्दछ, जसमा हामी सकारात्मक छौं ।’ ओली र जयशंकरबीचको छोटो भेटमा समग्र विषयमा कुराकानी भएको थियो ।