काँग्रेस केन्द्रीय समितिमा ३५ जिल्लाका चुनिए; ४० जिल्लाको प्रतिनिधित्व शून्य (सूचीसहित)
केन्द्रीय समितिमा मोरङको दवदवा
प्रकाशित २०७२ चैत २ मंगलबार
5k
Shares
काठमाडौं। नेपाली काँग्रेसको सभापतिमा डडेल्धुराका शेर बहादुर देउवा निर्वाचित भएका छन्। डडेल्धुराका देउवा निर्वाचित भएपछि डडेल्धुसरावासी र सुदुरपश्चिमाञ्चलका स्थानियले आफ्नो क्षेत्रबाट काँग्रेसको नेतृत्वकर्ता पाएकोमा खुसी मानेका छन्। केन्द्रीय समितिमा निर्वाचित भएकाहरुको स्थानियताको आधारमा कुन कुन जिल्लाबाट कति निर्वाचित भएका छन भनेर हाम्राकुरा डटकमले एक विश्लेषण गरेको छ।
६४ जना निर्वाचित हुने केन्द्रीय समितिमा ३१२ जना उमेद्वार थिए। उनीहरुले विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै केन्द्रीय समितिमा उमेद्वार भएका थिए। निर्वाचित भएकाहरु मध्ये सबैभन्दा धेरै मोरङबाट ६ जना निर्वाचित भएका छन्। यसैगरि धनुषाबाट ४ जना निर्वाचित भएका छन्। काठमाडौंबाट ३ जना निर्वाचित हुँदा तनहुँबाट ३ जना, दाङबाट ३ जना, गोरखाबाट ३ जना र नुवाकोटबाट पनि ३ जना निर्वाचित भएका छन्। यसरी ३ जना निर्वाचित गराउनने जिल्लाहरु ५ रहेका छन्।
त्यसैगरि इलाम, झापा, स्याङजा, महोत्तरी, उदयपुर, सिराहा, नवलपरासी, कञ्चनपुर, अर्घाखाँची, पर्सा र सुर्खेत गरि ११ जिल्लाबाट २-२ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन्। केन्द्रीय समितिमा एक जना निर्वाचित गराउने जिल्लाहरु भने दार्चुला, वाजुरा, सोलुखुम्बु, वाग्लुङ, कास्की, डोटी, हुम्ला, भोजपुर, गुल्मी, सिन्धुपाल्चोक, वारा, सुनसरी, तेह्रथुम, रुपन्देही, पाँचथर, कैलाली र डडेल्धुरा गरि १७ जिल्ला रहेका छन्।
निर्वाचितहरुको जिल्लागत विश्लेषण गर्दा ३५ जिल्लाबाट प्रतिनिधित्व भएपनि बहुसंख्यक जिल्ला अर्थात ४० जिल्लाको प्रतिनिधित्व हुन सके्को छैंन। मनोनित सहित ८५ जनाको केन्द्रीय समितिमा २१ जना सभापतिले कार्यसमितिमा अनुमोदन गराएर मनोनित गर्न सक्छन। सभापतिले कार्यसमितिलाई विश्वासमा लिएर प्रतिनिधीत्व हुन नसकेको जिल्लाबाट मनोनित गरेर केन्द्रीय समितिमा ति जिल्लाको प्रतिनिधित्व गराउन सक्ने अवसर छ। तर पार्टीभित्रको गुटहरुमा प्रभावशाली भएर आउनेहरु यिनै धेरैजसो निर्वाचित भएका जिल्लाबाटै हुँदा भने ति ४० जिल्लाबाट प्रतिनिधत्व हुने कुरामा भने शंका रहेको छ।