काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित प्रतिनिधीहरुले प्रतिनिधित्व गर्ने प्रदेशका आधारमा हेर्दा सबैभन्दा बढी सदस्य क्षेत्र नं १ ले पाएको छ। प्रदेश नम्वर एकले १७ जनालाई केन्द्रिय समितिमा पठाउने हैसियत राखेको छ। प्रदेश १ ले १७ जनालाई केन्द्रीय सदस्यमा पठाउँदै नेपाली काँग्रेसको राजनितीमा बलियो पकड जमाएको छ। काठमाडौं केन्द्रित राजनितीको हल्ला खल्ला हुने ठाउँ भए पनि क्षेत्र नं ३ ले भने ७ जना मात्र केन्द्रीय समितिमा पठाउन सकेको छ। सभापतिमा निर्वाचित शेर बहादुर देउवाको प्रदेश नं ७बाट पनि ७ जना प्रतिनिधी केन्द्रिय समितिमा निर्वाचित भएका छन्।
भुगोलका हिसाबले सानो मानिएको प्रदेश नं २बाट ११ जना निर्वाचित भएका छन् भने क्षेत्र नं ४बाट ११ जना निर्वाचित भएका छन्। निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले प्रतिनिधित्व गर्ने उक्त क्षेत्रले पनि राजनितीमा राम्रै पकड जमाएको देखिन्छ। त्यसैगरि प्रदेश नं ५बाट ८ जना निर्वाचित भएका छन्। प्रदेश नं ६ले सबैभन्दा कम प्रतिनिधित्व गरेको छ। उक्त प्रदेशबाट ३ जना मात्र निर्वाचित भएका छन्।
नेपालको राजनितीमा पुर्व क्षेत्र पहिले पनि शक्तिशाली नै मानिएको थियो भने काठमाडौंलाई शक्ति केन्द्रको रुपमा हेरिने गरिन्थ्यो। तर काँग्रेसको यो महाधिवेशनले पुर्वको शक्ति यथावत भएको माने पनि काठमाडौं शक्तिशाली भइ नरहने संकेत गरेको छ। देशको सबैभन्दा ठुलो पार्टीले सभापति प्रदेशनं ७ बाट पाएको छ भने महामन्त्रीमा प्रदेश नं ४बाट शशाक कोईराला निर्वाचित भएका छन्। त्यसैगरि कोषाध्यक्षमा सितादेवी यादवले प्रदेश नं २लाई प्रतिनिधित्व गर्छिन्।
प्रदेश १ बाट १७ जना
सुजाता कोईराला मोरङ, डिला संग्रौला मोरङ, महेश आचार्य मोरङ, ,मिनेन्द्र रिजाल मोरङ, शेखर कोईराला मोरङ, गुरुराज घिमिरे मोरङ, मीन विश्वकर्मा सुनसरी,
लक्ष्मी परियार उदयपुर, सुजाता परियार इलाम, सीता गुरुङ तेह्रथुम, बलबहादुर केसी सोलुखुम्वु, कुलबहादुर गुरुङ इलाम, नारायण खड्का उदयपुर, भिष्मराज आङदम्बे पाँचथर, विश्वप्रकाश शर्मा झापा, सरिता प्रसाइँ झापा र ज्ञानेन्द्र बहादुर कार्की भोजपुर छन्।
प्रदेश २ बाट ११ जना
सीता देवी यादव ( कोषाध्यक्ष) सिराहा, प्रदिप गिरी सिराहा, रामकृष्ण यादव धनुषा, महेन्द्र यादव धनुषा, बिमलेन्द्र निधी धनुषा, आनन्द प्रसाद ढुंगाना धनुषा, किरण यादव महोत्तरी, कल्याण गुरूङ महोत्तरी, अजय चौरसिया पर्सा, रमेश रिजाल पर्सा र फरमुल्ला मन्सुर वारा छन्।
प्रदेश ३ बाट ७ जना
अम्बिका बस्नेत काठमाडौं, प्रकाशमान सिंह काठमाडौं, बहादुर सिंह लामा नुवाकोट, रामशरण महत नुवाकोट, प्रकाशशरण महत नुवाकोट, नविन्द्रराज जोशी काठमाडौं,
मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक रहेका छन्।
प्रदेश ४ बाट ११ जना
शशांक कोइराला (महामन्त्री) नवलपरासी, कमला पन्त गोरखा, जीवन परियार कास्की, चीनकाजी श्रेष्ठ गोरखा, रत्न शेरचन बाग्लुङ, प्रदिप पौडेल तनहुँ, धनराज गुरुङ स्याङजा, शंकर भण्डारी तनहुँ, गोविन्द भट्टराई तनहुँ, गोपालमान श्रेष्ठ स्याङजा, सुरेन्द्रराज पाण्डे गोर्खा रहेका छन्।
प्रदेश ५ बाट ८ जना
पुष्पा भुषाल अर्घाखाँची, पार्वती डीसी चौधरी दाङ, मानबहादुर विश्वकर्मा अर्घाखाँची, खुम बहादुर खड्का दाङ, बालकृष्ण खाँण रुपन्देही, दिपक गिरी दाङ, चन्द्र भण्डारी गुल्मी, देवेन्द्रराज कंडेल नवलपरासी रहेका छन्।
प्रदेश ६ बाट ३ जना
पुर्ण बहादुर खड्का सुर्खेत, हृदयराम थानी सुर्खेत, जीवन बहादुर शाही हुम्ला रहेका छन्।
प्रदेश ७ बाट ७ जना
शेरबहादुर देउवा (सभापति) डडेल्धुरा, ईश्वरी न्यौपाने कैलाली, दिलेन्द्रप्रसाद बडू दार्चुला, रमेश लेखक कञ्चनपुर, एनपी साउद कञ्चनपुर, बद्री पाण्डे वाजुरा, विरबहादुर बलायर डोटी रहेका छन्।