- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइपिएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच भिडन्त भइरहेको छ ।
दिल्लीले पहिले ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १२९ रन बनाएको छ । यो योगफल निकै कम हो । कम योगफलमा रोक्ने क्रममा भुबनेश्वर कुमार, मोहम्मद सामी र एस कौलले २–२ विकेट लिए ।
नेपाली होनहार स्पिनर सन्दीप लामिछानेको टक्करमा रहेका रशीद खानले भने १ विकेटमात्र लिएका छन् ।
जवाफमा हैदराबाद मैदानमा छिरिसकेको छ । १३० रनको चुनौती सामान्य हो । अब हेर्नुछ दिल्लीका सन्दीप लामिछानेले कति विकेट लिन्छन् ।
अब अक्षर पटेल र सन्दीप लामिछाने कै भरोसामा दिल्ली फिल्डिङमा उत्रने छ ।
सन्दीप र रशीदबीच आफ्नै टक्कर छ ।