भाजपाले उत्तर पूर्वमा गर्यो गज्जबको दावी, २५ मध्ये कम्तीमा १९ सिट पक्का, मोदी पुनः प्रधानमन्त्री
प्रकाशित २०७५ चैत २२ शुक्रबार
300
Shares
आसाम । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा आसाम सरकारका मन्त्री हिमान्तविश्व शर्माले उत्तरपूर्वका कम्तीमा १९ सिटमा आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।
उत्तर पूर्वमा रहेका लोक सभाका २५ सिट मध्ये कम्तीमा १९ र बढीमा २१ सिटमा भाजपाले जित्ने उनले दावी गरे ।
यस क्षेत्रका काँग्रेस बढारिने उनको भनाई छ । काँग्रेसको विचारधारा यस क्षेत्रका जनताले पुरै अस्विकृत गरेकाले काँग्रेसले हार्ने उनको तर्क छ । प्रधानमन्त्री नरन्द्र मोदी फेरी भारतको प्रधानमन्त्री हुने दावी गर्दै उनले जनताले त्यही नै चाहेको बताए ।
उनले भने, “भारतको आसामका जनताले फेरी पनि नरेन्द्र मोदीजीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहन्छन्, त्यसका लागि यहाँका जनताले भाजपालाई मतदान गर्नेछन् ।”
उनले मोदीलाई लामो समय प्रधानमन्त्री देख्न चाहेको दावी पनि गरे । त्यसका लागि यस क्षेत्रको कुल २५ मध्ये १९ देखि २१ सिटमा भाजपा विजयी हुने मन्त्री शर्माले बताए ।