arrow

पाँच सय जनसंख्या भएको गाउँपालिका 

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
gaupalika.jpg

काठमाडौं। एउटा गाउँपालिकामा कति जनसंख्या कति होला ? अनुमान गरौ। तर कतिपय गाउँपालिका यस्ता पनि छन, जाँहाको जनसंख्या ५सयको हाराहारीमा मात्र छ। संघीय मामिला मन्त्रालयका अनुसार उच्च हिमाली क्षेत्रका केही जिल्लाको जनसख्या ५ सयको हाराहारीमा छ। देशभर ७ सय ५३ स्थानीय तह छन्। ती मध्ये काठमाडौ महानगरपालिका सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो। जसको जनसंख्या  ९लाख ७५ हजार४सय ५३ पुगेको छ। 

मन्त्रालयका अनुसार सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह मनाङको नारफू हो। त्यहाँको जनसंख्या ५सय ३८  मात्र छ। मन्त्रालयका अनुसार ४७ वटा गाउँपालिका यस्ता पनि छन, त्यँहाको जनसंख्या १० हजार भन्दा कम जनसंख्या छ।

२० हजारसम्म जनसख्या रहेका गाउँपालिका  २सय २७ रहेको मन्त्रालयको भनाइ छ। तर केही गाउँपालिका यस्ता पनि छ,जसको जनसंख्या ५० हजार भन्दा माथि छन्। त्यस्ता गाउँपालिका ४ वटा मात्र छन्। कम जनसंख्या भएका स्थानीय तहमध्ये अधिकांश मनाङ, मुस्ताङ र डोल्पामा छन। नारफू पछि दोश्रो कम जनसंख्या भएको गाँउपालिका पनि मनाङमै रहेको छ। मनाङको चामे गाउँपालिको जनसख्या १ हजार १ सय १९मात्र छ।

मुस्ताङको दालमे गाँउपालिको जनसख्या पनि चामे गाउँपालिकै हाराहारीमा छ। दालमेमा एक हजार ३ सय २३ मात्र जनसख्या छ। यसैगरी डोल्पाको छार्का ताङसोङ गाँउपालिको जनसख्या पनि निकै कम छ। तोङसोङमा १हजार ४ सय ५२ मात्र जनसख्या छ।

मन्त्रालयका अनुसार निकै कम जनसंख्या भएका गाउँपालिकामा मुस्ताङको लोमथाङ गाँउपालिका जनसख्या हो, जाहाँको जनसख्या एक हजार ८ सय ९९ छ। यसैगरी मनाङको नासोथाङमा एक हजार ९ सय ३८, डोल्पाको डोल्पो बुद्ध गाँउपालिकामा २ हजार एक सय २६, बझाङको काँडा गाँउपालिकामा २ हजार एक सय ८२, मनाङको नेस्याङ गाँउपालिकामा २ हजार २सय २२ र डोल्पाको जगदुल्ला गाँउपालिकामा २ हजार २ सय ७३ मात्र जनसंख्या रहेको मन्त्रालले जनाएको छ।

५० हजार भन्दा माथि जनसख्या रहेका गाँउपालिकामध्ये खजुरा गाँउपालिका, बैजनाथ गाँउपालिका र राप्ती सोनारी गाँउपालिका हुन्। यी मध्ये राप्तीसोनारीमा सबैभन्दा बढी जनसंख्या छ। जाँहा ५९ हजार ९ सय ४६ जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ। यसैगरी  झापाको गौरादहाको जनसंख्या ५० हजार भन्दा माथि नै छ। त्यँहाको जनसख्या ५३ हजार ३३ रहेको छ। यसैगरी खजुरा गाउँपालिकामा ५० हजार ९ सय ६१ र बैजनाथ गाउँपालिकामा ५४ हजार ४सय १८ जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ। 

मन्त्रालयका अनुसार २० हजारदेखि ४० हजारसम्म जनसंख्या भएका गाउँपालिका २ सय २४ वटा छन्। यसैगरी ४०हजार भन्दा माथि जनसख्या भएका गाँउपालिका २२ वटा छन्। नगरपालिकामध्ये १० हजारभन्दा कम जनसंख्या भएको डोल्पाको ठूलीभेरी नगरपालिका हो। जाँहा ८ हजार ३ सय ७० जनसख्या छ। यसको ठिक उल्टो पोखरा लेखनाथ महानगरपालिका काठमाडौ पछि सबैभन्दा बढी जनसंख्या भएको दोश्रो स्थानीय तह हो। जाँहा ४ लाख १४ हजार एक सय ४१ जनसख्या छ।

ललितपुर महानगरपालिकामा २ लाख ८४ हजार ९सय २२, भरतपुरमा २लाख ८० हजार ५ सय २, वीरगञ्जमा २ लाख ४० हजार ९सय २२ र वीराटनगरमा २लाख १४हजार ६सय ६३ जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार उपमहानगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या भएको उपहानगरपालिका जनकपुर उपमहानगरपालिका हो, जाँहाको जनसंख्या १ लाख ५९ हजार ४सय ६८ छ। कम जनसख्या भएको उपमहानगरपालिका जीतपुर सिमरा हो, जाँहाको जनसंख्या १ लाख १७ हजार ४सय ९६ रहेको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी जनसख्या भएको नगरपालिकामध्ये मेची नगरपालिका हो, जाँहाको जनसंख्या १ लाख ११ हजार ७ सय ९७ जनसख्या रहेको छ। यसैगरी सबै भन्दा कम जनसख्या रहेका नगरपालिकामा डोल्पाको ठूलीभेरी नगरपालिका पछि डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका हो। त्रिपुरासुन्दरीमा १० हजार एक सय ४ जनसंख्या छ। 

यसैगरी कालीकोटको रासकोट नगरपालिकामा १६ हजार २सय ७२, बाजुराको बडीमालिकामा १६ हजार ८ सय १८, तेहथुमको लालीगुँरास नगरपालिकामा १६ हजार ९ सय ७०, सखुवासभाको पाँचखन नगरपालिकामा १७ हजार ५सय २१ र सखुवासभाकै धर्मदेवी नगरपालिकामा १८हजार २सय ३५ जनसख्या पुगेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार ५०हजारसम्म जनसख्या भएका नगरपालिका १सय ७० छन्। यसैगरी ५० हजारदेखि १लाख सम्म जनसंख्या भएका नगरपालिका  ८७  वटा छन्। एक लाखसम्म जनसख्या भएका नगरपालिका भने १७ वटा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ