arrow

शेरबहादुरले खुमबहादुरलाई नै उपसभापति बनाउलान् ?

‘विहिबार भेट’ हुँदै

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
khum-bahadur.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसंगै पार्टी एक ढिक्का बनाउने चर्चा सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवालेनै औपचारिक कार्यक्रममै अब पार्टीभित्र गुट–उपगुट नरहने उद्घोष गरेका छन् ।
 
यद्यपि, देउवालाई भने जस्तो सजिलो नरहेको अधिकांशको अड्कल छ । निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य बाहेक देउवालाई उपसभापति, मनोनित महामन्त्री र अन्य पदमा मनोनयनको सकस भएको छ । १२औं महाधिवेशनमा सुशील कोइरालालाई मनोनयन सकस भए जस्तै देउवालाई अफ्ठेरो आइपरेको हो । हाल सम्म देउवाले उपसभापति मनोनयनबारे आन्तरिक छलफल गर्न सकेका छैनन् । देउवालाई आफ्नै समूहबाट चुनाव जितेका दुई केन्द्रीय सदस्य कस्लाई उपसभापति दिने भन्ने अफ्ठ्यारो आएको हो ।
 
महाधिवेशनमा खुला केन्द्रीय सदस्यबाट म्यान अफ द इलेक्सन भएका शेखर कोइरालापछी २ मत कम ल्याएर दोस्रो भएका खुमबहादुर खड्का र खुलाबाटै विजयी भएका विमलेन्द्र नीधि कस्लाई उपसभापति दिने भन्नेबारे देउवालाई सकस भएको छ । खुम बहादुरले १८ सय ४६ मत ल्याएका छन् । भारी मतको कदर र उम्मेद्वारी घोषणा गर्दा समर्थक रहेका खुमबहादुरलाई छुटाउने कि पहिले देखि आफ्नो समूहमा रहेका विमलेन्द्रलाई छुटाउने देउवालाई साच्चि नै समस्या छ। 
 
यद्यपि, देउवाले छलफल गर्न र मनस्थिति बनाउन भ्याएका छैनन् । कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले समेत उपसभापतिबारे छलफल भइनसकेको बताए । उनले भने, ‘यसबारे छलफल भएको छैन, विहिबार सभापति शेरबहादुर देउवा कहाँ मेरो छलफल छ, यसबारे त्यो छलफलपछि थाहा हुन्छ ।अहिले सम्म कुरा भा छैन । ’ अस्वस्थ खड्काले महाधिवेशन उद्घाटनपछी अन्य गतिविधिमा संलग्न हुन नसकेको जानकारी दिए । अस्वस्थ उनी निवासमै आराम गरिरहेका छन् । 



नयाँ