बझाङ। बझाङ र बैतडी जिल्लाको सिमानामा रहेको सुन्दर पर्यटकिय क्षेत्र बित्थड पछिल्लो समयमा कृषि र पर्यटनका लागी आर्कषक गन्तब्य बन्दै गएको छ । जिल्लाको बित्थड चिर गाउँपालिका –१ मा रहेको पर्यटकिय क्षेत्र बित्थडमा गाउँपालिकाले कृषि र पर्यटन बिकासका लागी आबस्यक पूर्वाधार निर्माण कार्य सुरु गरे संगै यस क्षेत्रमा आउने पर्यटकको संख्या बढ्दै गएपछि जिल्लाकै प्रमुख आर्कषक गन्तब्यका रुपमा बिकास भएको हो ।
उचित प्रचार प्रसार र पर्यटकिय पूर्वाधार बिकास हुन नसक्दा बर्षौ देखि ओझेलमा पर्दै आएको यो क्षेत्र पछिल्लो समयमा पर्यटकिय हबका रुपमा बिकास हुन थालेको छ । बर्षेनी सरकारले पर्यटकिय क्षेत्रका लागी करोडौको रकम बिनियोजन गर्ने गरेको भएपनि यो क्षेत्र भने बर्षौ देखि ओझेलमा पर्दै आएको थियो । गत आर्थिक बर्ष देखि बित्थडको बिकासका लागी बित्थड चिर गाउँपालिकाले आर्कषक पार्क , सड्क , खानेपानी पूर्वाधार बिकास र आलु पकेट क्षेत्र बनाई पर्यटन र कृषि पर्यटनलाई जोडेर लगानी गरेपछि यस क्षेत्रको सौन्र्दयता बढ्दै गएको छ । यस क्षेत्रमा दैनिक रुपमा आनतरिक पर्यटक आई रहेका छन् ।
पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशका बझाङ र बैतडी लगायत अन्य जिल्लाबाट समेत घुम्न जाने , पिक्नीक खान जाने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको स्थानीय बासी मान बहादुर बोहोराले बताए । उनले भने, बढी जसो क्याम्पसका शैक्षिक भ्रमण, पिक्नीक र कर्मचारी , शिक्षकहरु पिक्नीक तथा घुम्न आउने गरेको छन् । गएको बर्ष भन्दा यस बर्ष तुलनात्मक हिसावले बढी पर्यटकहरु आएको बोहराको भनाई छ । बैतडी जिल्लाको पुचौडी नगरपालिका र सुरनाय गाउँपालिका र बझाङको बित्थड चिर गाउँपालिकाको मध्य भागमा अबस्थित यो ठाउँमा ठूला ठूला सम्म परेका फाटहरु (पाटन) ,साना साना डाडाँहरु र नजिकै रहेको भाटी गुफा र मन्दिरहरु यहाँ पर्यटकिय बिशेषता हो ।
बित्थडको बिकासका लागी गाउँपालिकाले पर्यटकिय गुरुयोजना ( डि पी आर ) समेत तयार गरेको छ । बित्थड चिर गाउँपालिकाका प्रबक्ता हर्क बहादुर धामीले भने , यस क्षेत्रको बिकासका लागी पर्यटकिय डि पी आर निर्माण गरि केन्द्र र प्रदेश सरकारलाई समेत आबस्यक रकम माग गरेका छौ । उनले यस गत बर्ष देखि बित्थडको बिकासका लागी चिल्डेन पार्क , अतिथी आबास गृह का लागी ३० लाख बिनीयोजन गरि कार्य भई रहेको बताए । यसका अलवा सड्क लाई ग्राभिल गर्न रु ५ लाख , नजिकै रहेको भाटी गुफा जाने पर्यटकिय बाटो निर्माणमा रु ४ लाख , आलु पकेट क्षेत्रका लागी रु पाँच लाख , बिनियोजन गरेको समेत धामीको भनाई छ ।
उनले भने यो क्षेत्र सुदूरपश्चिम कै रमणिय क्षेत्र हो यसको बिकासका लागी आगामी बर्षहरुमा पनि गाउँपालिकाले पूर्वाधार बिकासमा बढी जोड दिने योजना रहेको सुनाए । यहाँबाट साईपाल हिमाल अपि हिमालहरु समेत स्पष्ट रुपमा देख्न सकिन्छ भने यसका अलवा खप्तड क्षेत्रको पनि अबलोकन गर्न सकिन्छ । सुदूरपश्चिमका मूख्य पर्यटकिय क्षेत्र खप्तड आउने पर्यटकका लागी यो क्षेत्र बाटो नजिकै पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यस क्षेत्रमा बढी भन्दा बढी भित्र्याउन सकेको यसको गरिमा र महत्व दिन प्रतिदिन बढ्ने देखिन्छ ।