arrow

भक्तपुरको बिस्केट जात्रा अन्तगर्त आज ५५ हात लामो लिंगो उठाउदै

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
jatra.jpg

भक्तपुर। भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा अन्तगर्त बर्षको अन्तिम दिन शनिबार ५५ हात लामो लिंगो ठडयाइदैछ। आज साझ भेलुखेलको योसिखेलमा ५५ हात लामो लिंगो  ठड्याइदैछ। यो स्थानमा लिंगो उठाउने भएकाले योसिखेल भनिएको हो। एक महिना अघि नै लिगोका लागि आबश्यक रुख भक्तपुरको चित्तपोल बनबाट काटेर ल्याएको थियो। तान्त्रिक बिधि अनुसार दशकर्म बिधान गरी  भेलुखेलमा पुरानो बर्षको बिदा र नया बर्षको स्वागत गर्नका लागि ५५ हात लामो लिंगो ठड्याइन लागेको हो।

हरेक बर्षको अन्तिम दिन भेलुखेलमा ठडयाईएको ५५ हात अग्लो लिंगो बैशाख १ गतेका दिन ढाल्ने परम्परा छ। सौर्यमास अनुसार मनाइने भक्तपुरको बिस्केट जात्रामा प्रत्येक बर्षको चैत मसान्तमा लिगो ठडयाउने र बैशाख १ गते ढाल्ने, परम्परा छ। पूरानो बर्षको बिदाई र नया बर्षको स्वागत गर्न लिंगो ढाल्ने र उठाउने परम्परा छ।

बिस्केट जात्रा अन्र्तगत ठडयाइएको लिगोंको कोखामा झुण्डाइएको २ ध्वजालाई बिरध्वजा पनि भन्ने गरिन्छ। लिगों उभ्याउनका लागि बाधिएका ८ डोरीलाई अष्टमातृकाको प्रतिक मानिन्छ। 

यसैगरी, आज बिस्केट जात्राको चौथो दिन बिहान भक्तपुरको कुमाले टोलमा हात नभएको लिगों उभ्याइदैछ। लिच्छवीकालमा सर्पलाई बि भनिन्थ्यो र स्यातले मारयो भन्ने अर्थ लाग्छ। र यही बिस्यात नै अपभ्रंस भै बिस्केट हुन गएको हो भनिन्छ। 

लिंगोमा राखिएको २ ध्वजा पनि सर्पको प्रतिक रहेको संस्कृतिबीदहरुको भनाइ छ। बिस्केट जात्रा  हेर्नाले शत्रु नाश हुने धार्मिक मान्यता रहेको छ। लिंगो उठाउनु अघि नै गहिटीमा राखिएको  भैरबनाथ र भद्रकालीको रथलाई पनि योसिंखेलमा पुरयाइन्छ। 

लिंगो ठडयाइएको देखाउन भैरबनाथ र भद्रकालीको रथलाई  योसिंखेलमा पुरयाइने मान्यता रहेको छ। भैरबनाथ र भद्रकालीको रथलाई त्यहा पुरयाएसंगै लिगो उठाइनेछ। लिगो उठनासाथ बाराही देवीको पनि जात्रा सुरु हुन्छ। आठ रात नौ दिन सम्म मनाइने बिस्केट जात्रा गएको  २७ गते सुरु भएको हो। जात्राको अन्तिम दिन ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको  भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ।

नेपाल सम्वत २६८ तिर भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्राको परम्परा सुरू भइसकेको लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुसीयालीमा मनाउन थालेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ। त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतिविद् पुरुषोतम लोचन श्रेष्ठ बताउछन।

सुरूमा विस्केट जात्रा लिंङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ