arrow

भारत र बंगलादेशमा समेत भिन्न भिन्न नाममा धुमधामका साथ मनाईन्छ नयाँ वर्ष

पञ्जाव र हरियाणाको सबैभन्दा ठूलो पर्व

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
keral_culture.JPG

काठमाडौं । नेपाली नयाँ वर्षलाई नेपाल र नेपालीले मात्रै नभई भारतमा पनि धुमधामका साथ मनाउने गर्दछन् । राजा विक्रमादित्यले सुरु गरेको विक्रम संवत्लाई नेपालमा चन्द्र शमशेरको समयदेखि अपनाउन थालिएको थियो । अहिले नेपालमा आधिकारिक नयाँ वर्ष नै बैशाखदेखि सुरु हुन्छ । तर, आधिकारिक नयाँ वर्ष जनवरीमा सुरु हुने भारतमा पनि यो दिनलाई भने धुमधामका साथ मनाउने गरिन्छ । 

यो दिनलाई हरियाणा र पञ्जावमा धुमधामका साथ मनाईन्छ । यो पर्व उनीहरुको सबैभन्दा ठूलो पर्व हो । उनीहरुले हिउँदे बाली भित्र्याएपछि आउने यो पर्वलाई विभिन्न किसिमका मेलाहरुको आयोजना गरेर मनाउने गरिएको छ । चण्डीगढको नजिकै पिञ्जौर परिसरमा जम्मु शहर, कठुआ, उधमपुर, रियासी र सांवा, हिमाञ्चलप्रदेशको रेवलर, शिमला, मण्डी र प्रसारा झील जस्ता क्षेत्रहरुमा बैशाखी मेला लाग्ने गरेको छ । 

केरलको विशु र उत्तराखण्डको विखोती
केरलमा बैशाख १ गतेको पर्वलाई विशु नामले चिनिन्छ । यस पर्वको अवसरमा फूल, फल, अन्न, वस्त्र र सुन आदिबाट सजिएर अरुलाई भेट्न जाने गरिन्छ । मान्यता यस्तो छ कि यसरी दर्शन गर्दा घरमा वर्षैभरी सुख र समृद्धि भित्रिन सक्छ । उत्तराखण्डमा बैशाख १ गतेको पर्वलाई विखोती महोत्सव मान्ने गरिएको छ । यस दिन पवित्र नदिहरुमा डुबुल्की मार्ने परम्परा रहेको छ । यसका अलावा राक्षसको प्रतिक बनाएर ढुंगालाई फुटाउने समेत गरिछ । 

असममा बोहाग विहू उडिसामा महाविषुव संक्रान्ति
असममा यो संक्रान्तिलाई बोहाग विहू नामले चिनिन्छ । अर्काे नाममा यसलाई रंगली बिहू समेत भन्ने गरिएको छ । यस पर्व सात दिनसम्म मनाईन्छ । त्यस्तै उडिसामा यो पर्वलाई महाविषुव संक्रान्तिको रुपमा मान्ने गरिएको छ । यहाँ पनि नयाँ वर्षको सुरुवात मान्ने गरिन्छ । साथमा लोक कलाहरुको मार्फत्बाट यो दिन आफ्नो संस्कृति प्रदर्शन गरिन्छ । 

बंगालमा यो पर्वलाई पाहेला बेषाख नामले चिनिन्छ । यस दिन पश्चिम बंगाल, त्रिपुर र बंगलादेशमा मंगल शोभाजात्रा उत्सवको आयोजना गरिन्छ । यस उत्सवलाई २०१६ मा युनेस्कोले समेत मानवताको सांस्कृतिक विरासतको रुपमा सूचिबद्ध गरिसकेको छ । विहारमा यसलाई जुर्शीतल नामले मनाईन्छ । यस दिन परिवारका सदस्यहरु रातो चनाको सातु बनाएर खाने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ