- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक समयमा राजा आफ्नो सैनिकहरुसँग जंगलमा शिकार गर्न गएका थिए । रात भएपछि राजाले जंगलमै शिविर लगाए । रातमा जब राजा सुतिरहेका थिए , तब एक बाँदर उनको शिविरमा पसेर कराउन थाल्यो । बाँदरको आवाज सुनेर राजा तुरन्त उठे । उनले देखे एक सर्प उनको नजिकै छ जसले उनलाई डस्ने वाला छ । राजाले तुरन्तै सर्पलाई खेदाए ।
यससँगै राजाले बाँदरलाई आफ्नो ज्यान बचाएकोमा धन्यवाद दिए । राजाले बाँदरलाई फलफुल खुवाए । बाँदर पनि राजासँग रमाउन थाल्यो । जंगलबाट फर्किदा राजाले बाँदरलाई पनि आफुसँगै राज महलमा ल्याए ।
राज महलमा राजाले बाँदरलाई आफ्नो शयनकक्षमा नै राखे । रातमा जब राजा सुत्थे तब बाँदर रेखदेख गर्दथ्यो । एक रात राजाको नाकमा एक झिँगा बस्यो । बाँदरले झिँगा उडाउने निकै प्रयास गर्यो तर सफल हुन सकेन।
योसँगै बाँदरले एक लठ्ठी लिएर दह्रो गरि राजाको नाकमा बझायो । राजा आत्तिदै उठे दुखाइको कारण रुन थाले । बाँदर डन्डाले नाकमा हानी रहेको थियो । राजाले जसो तसो गरेर बाँदरबाट आफुलाई जोगाए ।
बाँदर एक जानवर हो उनले बुझे। 'बाँदरमा सोचने-बिचार गर्ने शक्ति हुदैन , यसको मूर्खताको कारण आज मेरी ज्यान पनि जान सक्थ्यो ।' राजाले तुरुन्ते बाँदरलाई महलबाट बाहिर निकाल्ने आदेश दिए ।
यस कथाको मर्म कुनै पनि मूर्खलाई आफुसँग राख्नुहुदैन भन्ने हो । मूर्ख व्यक्तिमा सोच्ने- बिचार गर्ने क्षमताहुदैन । उसको गल्तीको कारण हाम्रो प्राण संकटमा पर्न सक्छ ।