arrow

राजाले दिए राज्य दान, सन्तले मागे अहंकार

logo
अध्यात्म,
प्रकाशित २०७६ वैशाख २ सोमबार
king-sadhu.jpg

काठमाडौं । एक राजा सधै विहान साधु-सन्तहरुलाई धन दान दिन गर्दथे । एक दिन राजाको महलमा प्रसिद्ध सन्त आए। राजा निकै खुशी भए , उनले सन्तलाई भने, 'गुरुदेव म तपाईको केहि इच्छा पुरा गर्न चहान्छु , तपाई भन्नुहोस म तपाईको लागि के गर्न सक्छु ?'

सन्तले भने,' हे महाराज तपाई आफ्नो इच्छा अनुसार मलाई दान दिनुहोस । तपाई जो दान दिनुहुनेछ, त्यो म स्वीकार गर्नेछु ।'
राजाले भने, 'गुरुजी म आफ्नो पूरा राज्य तपाईलाई समर्पित गर्छु ।'
सन्तले भने, 'राजन्  यो राज्य तपाईको होइन, यो तपाईको प्रजाको हो । यसलाई तपाई दानमा दिन सक्नुहुन्न ।'

राजाले भने,' त्यसो भए यो महल लिनुहोस।' सन्तले जवाफ दिए, 'राजन् यो महल राज्यको राजकाज चलाउनको लागि हो । यो पनि प्रजा कै हो ।'

यसपछि राजाले धेरै सोच बिचार गरेर भने, 'गुरुदेव म आफ्नो यो शरीर तपाईलाई समर्पित गर्छु । म आजीवन तपाईको सेवा गर्नेछु ।'

सन्तले भने राजन्, 'यस शरीरमाथि पनि तपाईको अधिकार छैन । यो शरीर तपाईको श्रीमति र सन्तानको हो । तपाई यसलाई दानमा दिन सक्नुहुनेछैन ।'

अब राजा निराश भए र सोच्न थाले सन्तलाई दानमा के दिउ? राजाले सन्तलाई नै सोधे, 'गुरुदेव तपाई नै भन्नुहोस म तपाईलाई के दिउ?'

सन्तले भने, 'राजन् तपाई मलाई तपाईको अहंकार दान गर्नुहोस। राजाले घमण्ड गर्नु राम्रो होइन । यसको त्याग गर्नुहोस ।'

अहंकार एक यस्तो खराबी हो, जसको कारण व्यक्तिले घर-परिवार र समाजमा मान-सम्मान पाउन सक्दैन । यसकारण सबैले अहंकारबाट बच्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ