विचरा हनुमान ! चाकडीबाजहरुसँग तुलना गर्दा कति दुख्ला मन ?

अश्रु किरण, प्रकाशित मिति : २०७६ बैशाख ६ शुक्रबार

काठमाडौं। आज हनुमान जयन्ति । पवनपुत्र बीर हनुमानको पूजा र भक्ति गरि मनाइँदैछ । तर, नेपालमा आजकै दिनलाई ठट्यौंलीको पारामा राजनीतिक चाकडीबाजहरुलाई समेत हनुमान जयन्तिको शुभकामना दिने गरिन्छन । तर, बाहिर चर्चामा आए जस्तै हनुमान चाकडीबाज नै थिए त ? यो प्रश्न उठ्ने गरेको छ ।

एउटा उखान नै छ नि दुनियाँ नचलुन् श्री राम विना । राम जी नचलुन् हनुमान विना। भक्ति साहित्यमा राम नाम हनुमानको विना अपूर्ण हुन्थ्यो। तर, पहिले पहिले हनुमान शब्दलाई राजनीतिमा त्यस्तो प्रयोग हुने नगरेको पुराना राजनीतिज्ञहरु बताउँछन्। बर्षौंदेखि जय श्री रामको नारा चलिरहँदा पनि नेपाल होस् या भारतमा नै पवन पुत्र हनुमानको विषयमा केही पनि कुरा हुने थिएन। तर, पछिल्लो समय रामको चरित्र पनि नेताहरुमा देख्न छाडिएको छ भने पवनपुत्र हनुमानको प्रयोग धेरै हुन थालेको छ र व्यवहार पनि। 

हनुमान जयन्तिको अवसरमा शुक्रबार पनि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू र हनुमानबीचको सम्बन्धलाई कसैले टाढा गर्न नसक्ने दाबी गरे । तिनै हनुमानको बारेमा योगीले गत वर्ष वनवासी, आदिवासी तथा दलित भनिदिए त्यसपछि यसले एउटा नयाँ बहस सुरु भएको थियो। योगी आदित्यनाथले सो बताईरहँदा उनले प्रतिकात्मक रुपमा बोलेको कुरालाई धेरैले बुझ्न सकेनन् र नयाँ बहस सुरु गरिदिए। तर, उनले वास्तवमा बजरंगवलीलाई दलित नभनेर हनुमान शैलीको व्यवहारलाई दलित भनेका थिए। तर, शब्दको प्रयोग यस्तो अवस्थामा गरिन्छ कि जसले कसैलाई धेरै आस्था व्यक्त गर्यो मात्रै होईन कसैको बचाउमा केही शब्दबाँणहरु हान्नेलाई नै हनुमानको उपमा दिईन्छ । एक हिसावले यो शब्द पछिल्लो समय अपमान बोधक शब्द जस्तै बनेको छ। 

यस्ता थिएनन् हनुमान 
हामीले हनुमानलाई जुन दर्जामा हेर्ने गरेका छौं र सम्झिने गरेका छौं त्यो भन्दा धेरै फरक थियो हनुमानको चरित्र। संस्कृत व्याकरणअनुसार हुनु धातुमा मतुपु प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ। हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ। हुनु धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ। अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ। हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ। त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ। विशेषगरी यस्ता थिए हनुमानका गुणहरु। 

१ स‌ंवाद कौशल
२ चतुरार्इ
३ आदर्शसँग कुनै सम्झौता नगर्ने 
४ बहुमुखी भूमिका बहन गर्नसक्ने
५ समस्या होइनन् समाधानका स्वरुप
६ आत्ममुग्धतालार्इ कोशौं दूर गर्नेवाला
७ नेतृत्व क्षमता 
८ समर्पण

यी गुणहरु हनुमानमा पाइने विशेष गुणहरु हुने। धेरै शक्तिशाली मानिसहरु प्रायः हनुमान कै भक्त हुने गरेको भेटिएको छ। 

सामाजिक सञ्जालका हनुमान 
पछिल्लो समय सामाजिक सञ्जालको लागि हनुमान शब्दको धेरै प्रयोग हुने गरेको छ। माथि उल्लेख गरिएको ८ गुणहरुमध्ये समर्पण मात्रै कसैमा देखियो भने उसलाई हनुमानको उपमा दिने गरिएको छ। कसैको बचाउको लागि कसैले दुई शब्द बोलिदियो या लेखिदियो भने सामाजिक सञ्जालमा हनुमानको उपाधि पाउनकोलागि धेरै समय लाग्दैन। 

पेशागत रुपमा पनि हनुमानको नाम जोडेर भेद देखाउन थालिएको छ। हनुमान पत्रकारिता, हनुमान लेखक, हनुमान शिक्षक गरी धेरै भेदहरु हुन थालिसकेको छ। यसले पनि हनुमानको प्रयोगलाई व्यापकता दिएको छ। कसैले पत्रकारितामा केही पक्षपोषण गरेर लेखेको भेटियो भने हनुमान पत्रकारिताको उपाधि दिन हामी हिच्किचाउँदैनौं। यो राजनीति, शिक्षण पेशा र अरु अरु धेरै पेशामा हुने गरेको छ। जे होस् हनुमानले पनि धेरै क्षेत्रमा अहिले आफ्नो उपस्थिती जनाईसकेको छन्। 

मिथकीय परम्पराका हनुमान 
वाल्मीकि रामायणमा मारूति, बजरंगबली जस्ता नामहरुबाट चिनिने हनुमान भगवान शिवको आंशिक अवतार मानिन्छन्। पिता केसरी र माता अंजनीको गर्भवाट जन्मिएका हनुमानको जन्म विवरण अनुसार अप्सरा पुंजिकस्थली (अंजनी नामबाट प्रसिद्ध) केसरी नामक  बाँदरको पत्नी थिए। तिनी अत्यन्त सुन्दरी थिईन्। आभूषणद्वारा सुसज्जित भएर तिनी एक पर्वतमा रहेकी थिईन्। उनको सौन्दर्यबाट मन्त्रमुग्ध भएर वायुदेवले उनलाई आलिंगन गरे। व्रतधारिणी अञ्जनी एकदमै लज्जित भईन् । तर, वायुदेवको बरदानबाट नै हनुमानको जन्म भएको थियो। 

हनुमान हिंदू धर्ममा भगवान श्रीरामका अनन्य भक्त तथा भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण पौराणिक चरित्र हुन्। वाल्मीकि रामायणका अनुसार हनुमान एक बाँदर वीर थिए। (वास्तवमा बाँदर एक विशेष मानव जाति नै थियो।) भगवान रामसँग हनुमानको भेट ऋष्यमूक पर्वतको पासमा भएको थियो। हनुमान जी रामका अनन्य मित्र, सहायक तथा भक्त सिद्ध थिए। सीताको अन्वेषण (खोज) गर्नको लागि हनुमान ल‌का गएका थिए।

रामको दौत्य (सन्देश देना, दूत का कार्य) को इनले अद्भुत रुपले निर्वाह गरेका थिए। राम-रावण युद्धमा पनि इनको पराक्रम प्रसिद्ध है। वाल्मीकि रामायण सुन्दर काण्डका अनुसार लंकामा समुद्रतटमा स्थित एक 'अरिष्टु नामक पर्वत छ। जसमा चढेर हनुमानले लंकाबाट फर्कने समय, समुद्रलार्इ कुदेर पार गरेका थिए। रामावत वैष्णव धर्मको विकासका साथ हनुमानको पनि दैवीकरण भयो। उनी रामका पार्षद तथा पुन: पूज्य देव रूपमा पूज्य भएका थिए। तिनै हनुमानको अहिलेसम्म पनि पूजा गरिन्छ।

नयाँ