arrow

महामन्त्रीमा खाँणको संभावना बलियो

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Khand-dai.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको मनोनित महामन्त्रीका लागि चर्चामा रहेका विमलेन्द्र निधि र खुमबहादुर खड्का दुवैले उपसभापतिमा जोड गर्न थालेपछि महामन्त्रीमा नयाँ नेता आउने संभावना बढेको छ । 
 
सभापति शेरबहादुर देउवाले आफुपछिको राजनितिक उत्तराधिकारी निधिलाई बनाउन चाहेपनि खड्काले उपसभापति नपाएमा देउवालाई छाड्ने सम्मको धम्की दिन थालेपछि खड्कालाई उपसभापति बनाउनु पर्ने दवाव परेको छ । 
 
खड्का उपसभापति भएको अवस्थामा निधिले महामन्त्री बन्न नचाहेको निधि निकट श्रोतले जनाएको छ । उनले पार्टीको कुनै पदिय जिम्मेवारी नपाएमा सरकार वा संसद तिरको दोस्रो बरियताको पद लिएर आफ्नो गुठको दोस्रो बरियतामै पर्न चाहन्छन् । चाडै नै हुने भनिएको महासमितिको बैठकबाट विधान संशोधन भएर बरिष्ठ उपसभापतिको व्यवस्था भएमा बरिष्ठ उपसभापति निधिलाई बनाउने देउवाको तयारी छ । 
 
यसरी निधि र खड्का मध्ये कोही पनि महामन्त्रीमा नआउने अवस्थामा महामन्त्रीका लागि अर्को शसक्त नेता छान्नु पर्दा बालकृष्ण खाँणलाई छान्न सभापति देउवालाई उनका सहयोगीहरुले सुझाव दिएका छन् । 
 
देउवालाई पार्टी विभाजन भन्दा अगाडी देखि दह्रो खम्वा बनेर साथ दिएका नेपाल तरुण दलका तत्कालिन अध्यक्ष समेत रहेका खाँण देउवा पक्षका सवै भन्दा लोकप्रिय नेताका रुपमा स्थापित छन् । 
 
खुल्ला तर्फको २५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवा पक्षका नेताहरुमा उनी नै सवै भन्दा अगाडी अर्थात् ७ नंं. मा परेका छन् । उनी भन्दा अगाडी अहिलेका देउवा पक्षका खुमबहादुर खड्का, कुलबहादुर गुरुङ र प्रदीप गिरी उनका स्थाई सहयोगी होईनन । उनीहरु अल्पकालिन सहयात्री भएकाले दिर्घकालिन फाईदाका लागि खाँण नै उपयुक्त पात्र हुने बुढानिलकण्ठको निश्कर्ष छ । 
 
१२औं महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रकाशमान सिंह भएपनि कार्यकारी महामन्त्रीको भूमीका भने मनोनित महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए । अहिले निर्वाचित महामन्त्री डा. शशांक कोईराला भएपनि कार्यकारी महामन्त्रीको रुपमा खाँणलाई नै ल्याउन धेरैले दवाव दिएका छन् । खाँणलाई ल्याउदा मात्र देउवा पक्षलाई पार्टी चलाउन सजिलो हुने धेरैको विश्लेषण छ । 
 
महामन्त्री कोईरालालाई ड्यासीङ दिन सक्ने व्यक्तित्व धेरैले खाँणमा नै देखेका छन् भने पार्टीको आन्तरिक रणनिति र संगठनलाई मजबुद गराउन उनको सक्रिया, लोकप्रियता र कार्यकर्तासंगको सामिप्यतालाई देखेर देउवाले आफ्नो दाहिने हातका रुपमा खाँणलाई नै अगाडी सार्न सुझाव आएको छ । उनी पार्टी भित्र पहिले देखि राम्रो संगठकका रुपमा चिनिन्छन् । 
 
नेता खाँणका समकक्षी तथा देउवा निकट एक नेताले भने “सभापतिद्धारा मनोनित महामन्त्री हाम्रो पक्षको दह्रो हुन सकेन भने हामी कमजोर हुन्छौं, त्यसले अर्को महाधिवेशनलाई प्रत्यक्ष असर पार्दछ, त्यसैले अर्को पक्षलाई बलियो बनाउनु भन्दा त हाम्रै पक्षको कोही नेता बलियो हुदा नै हामीलाई फाईदा हुन्छ, हामी खांँणलाई नै महामन्त्री बनाउनु पर्दछ भन्ने पक्षमा छौं ।” “म सहित निर्वाचित देउवा पक्षका अधिकाँंश नेताहरु खाँणजीलाई महामन्त्री बनाउने पक्षमा छौं”, उनले भने । उनलाई महामन्त्री बनाउन निर्वाचित केन्द्रीय सदस्यहरु महेन्द्र यादव, भिष्मराज आङदाम्वे, सुरेन्द्र पाण्डे लगायतका युवा नेताहरु लागेका छन् । 
 
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको दुई पटक अध्यक्ष भईसकेका नेता खाँण युवाहरुका माझ लोकप्रिय नेता हुन् । तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी अनुसार उनले देशभरी तरुण दलको पुर्नगठन गरेर पार्टीको सवै भन्दा शसक्त संगठन बनाएका थिए । उनलाई देखावटी प्रचार मन नपराउने तर व्यक्तिगत सम्पर्क भने निकै राम्रो भएको नेता मानिन्छ । 
 
उनलाई महामन्त्री बनाउदा युवालाई जिम्मेवारी दिएको सकारात्मक सन्देश सहित देशभरीका तरुण तथा विद्यार्थीहरु खुशी हुने देखिन्छ भने पुराना नेताहरु पनि यीनी जस्ता व्यक्तीलाई पार्टीको काम गर्ने जिम्मेवारी दिनु पर्दछ भन्ने ठान्दछन् । 
 
खाँणका केही समकक्षी र केही अग्रहजहरु भने उनी महामन्त्री भएर पार्टीको शक्तिशाली पदमा पुगेको देख्न चाहदैनन् । आफु पछाडी पर्ने डरले केही सिमित नेताहरुले खाँणलाई महामन्त्रीमा देख्न नचाहेपनि देउवाका सुवेच्छुकहरु त्यो सुझावलाई पुर्वाग्रही मानेका छन् । 
 
खाँणलाई महामन्त्री देख्न नचाहनेहरुले खुमबहादुर खड्कालाई महामन्त्री बनाउन चाहेका छन् । तर देउवा पक्षका अधिकाँश नेताहरु भने खड्कालाई कुनै पनि हालतमा कार्यकारी जिम्मेवारी दिन नहुने पक्षमा छन् । देउवा समुहका अस्थाई सहयोगी खड्कालाई शक्तिशाली बनाउदा उनको समुह बलियो भएर देउवाकै समुह कमजोर हुने धेरै नेताहरुको बुझाई छ । 
 
साथै भ्रष्टाचारको अभियोगमा जेल सजाय काटी सकेका र हिन्दुराष्ट्रका पक्षमा अभियान चलाएकाले पनि उनलाई कार्यकारी जिम्मेवारी दिदा पार्टी र देउवाकै बारेमा नकारात्मक सन्देश जाने देउवाका सहयोगीहरुको तर्क छ । उनीहरुले खड्कालाई उपसभापति र महामन्त्री मध्ये कुनै पनि बनाउन नहुने तर्क गर्छन् । तत्कालिन काँग्रेस प्रजातान्त्रीकको कार्यबहाक सभापतिको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको भएकाले उपसभापतिको रुपमा गोपालमान श्रेष्ठलाई मनोनित गर्नु पर्ने पक्षमा पनि केही नेताहरु देखिएका छन् । 
 
आफ्नो समुहबाट पौडेल पक्षका महामन्त्रीका उम्मेदवार शशांक कोईरालालाई मतदान गराएर देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुनरसिंह केसीलाई हराएकाले खड्कालाई उनीहरुले अन्तरघाती भन्दै आलोचना गरेका छन् । 
 
तर खाँणले भने खड्काका बारेमा नकारात्मक टिप्पणी गर्न चाहदैनन् । खड्कालाई उपयुक्त जिम्मेवारी सहित मिलाएरै लैजानु पर्ने पक्षमा खाँण देखिन्छन् । उनी पार्टीमा आफ्नो पक्ष र अर्काको पक्ष भनेर भन्दा पनि पार्टीको काम कस्ले के कति गर्न सक्दछ भन्ने हेरेर जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन् । 
 



नयाँ