arrow

श्रीलंका हमलाको अन्तर्य :  चर्च बन्द गर्न पहिले नै थियो दबाब, रोकेको थियो अमेरिकाले

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
shri_lanka_news3.JPG

काठमाडौं । श्रीलंकामा ईस्टर आइतबारको दिन सिलसिलेवार रुपमा ८ प्रकारको बम धमाकाले द्वीपीय देशलाई विक्षिप्त बनाइदिएको छ । यो आतंककारी हमलाको साथ साथ श्रीलंकामा लिट्टेको साथ भएको जनसंघर्ष सकिएको १० वर्षपछि एक पटक फेरि शान्ति भंग भएको छ । भारतको यो छिमेकी देश लामो समय सिंहली बौद्धहरु र अल्पसंख्यक हिन्दू, मुस्लिम एवं ईसाइहरुकोबीच संघर्षको साक्षी बनिसकेको छ । आमरुपमा श्रीलंकामा बस्नेहरुमध्ये केही अल्पसंख्यक भारतीय मूलका तमिल समेत छन् । 

यो बम हमला यस्तो समयमा भएको छ कि जब श्रीलंकामा बौद्धहरु एवं अन्य अल्पसंख्यक समुदायहरुको बीच प्राय: हिंसक झडपहरुको खबर आइरहन्छ । तमिल विद्रोहीहरुले एक अलग देशको माग गर्दै श्रीलंकामा १९८३ देखि २००९ सम्म विद्रोह चलाए। सशस्त्र आतंककारी संगठन लिट्टेलाई समाप्त पारेसँगै श्रीलंकाले आफैंलाई आतंकमुक्त देश घोषित गरेको थियो । अब यस भीषण आतंककारी हमलाले एक पटक फेरि श्रीलंकाको सुरक्षामा गम्भीर सवाल खडा गरेको छ । 

यस अघि तमिल विद्रोहीहरुलाई श्रीलंकामा सैन्य अभियानको माध्यमबाट दमन गरिएको थियो। तर देशमा देखिएको यस्तो आन्तरिक विभाजनले पछिल्लो कैयौं सालपछि फेरि श्रीलंका आतंकित बन्न पुग्यो । डेली मेलको रिपोर्टका अनुसार एक ईसाई समूहले दाबी गरेको छ कि उनीहरुको समुदाय विरुद्ध पछिल्लो वर्ष भेदभाव, हिंसा र धम्कीहरुको ८६ वटा मामला बाहिर आएको छ । जबकि यस साल पनि अहिलेसम्म २६ केस वटा त्यस्ता केसहरु दर्ता भएका छन् ।  

श्रीलंकामा चर्चहरुलाई बन्द गर्न स्थानीयबाट यस अघि पनि पटक पटक दबाब आएको थियो । सो विषयमा सरकार अघि बढ्ने तयारीमा पनि लागेको थियो । तर, सो बारेमा अमेरिकी विदेश मन्त्रालयले पछिल्लो वर्ष चेतावनी जारी गरेपछि सरकार पछि हटेको थियो । रिपोर्टका अनुसार त्यहाँका बौद्ध समूहहरु ईसाइहरु र मुस्लिमहरुको धार्मिक स्थानहरुमाथि रोक लगाउने प्रयास गरिरहेका थिए । उनीहरुले आफूहरुको धर्म र संस्कृतिमाथि हमला भएको भन्दै त्यस्तो प्रयासमा जुटेका हुन् । मुस्लिमहरुको विरुद्ध दंगा चलेपछि सरकारले केही महिना पहिले आपतकालको समेत घोषणा गरेको थियो । श्रीलंकामा कट्टरपन्थी बौद्ध समूहले मुस्लिमहरुमाथि  जबर्जस्ती धर्मान्तरणको आरोप लगाउँदै आएका छन् । 

श्रीलंकामा कसको कति छ जनसंख्या 
कूल २ करोड २० लाख मानिसहरुको बसोबास रहेको श्रीलंकामा ७० प्रतिशत बौद्धमार्गीहरु छन् । जबकि त्यहाँ १३ प्रतिशत संख्या हिन्दूहरुको बसोबास छ । २०१२ को जनगणना अनुसार यहाँ १० प्रतिशत मुस्लिम र ७ प्रतिशत ईसाई समुदाय रहेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ