- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल फेरि शीर्ष स्थानमा पुगेको छ । ३५ खेलमा ८८ अंकका साथ लिभरपुलले शीर्ष स्थान ओगट्दा एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ८६ अंक छ ।
लिभरपुलले आइतबार रातिको खेलमा कार्डिफ सिटीलाई २–० को गोल अन्तरले हरायो ।
५६ औं मिनेटमा जिओर्जिनिओ विज्नाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
८१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत गोल गरे । मोहम्मद सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टी पायो ।
यो जितले कम्तीमा सिटीको एक खेलसम्म लिभरपुल शीर्षमै रहने छ ।
यी दुईमध्ये एक टिमले उपाधि जित्नेछन् । सिटी डिफेन्डिङ च्याम्पियन हो । लिभरपुलले यो सेन्चुरीमा उपाधि उचाल्न पाएको छैन ।