कहिले उपत्यका भित्रिन्छ मेलम्ची खानेपानी ? (अडियो)
सुदिप बर्देवा
प्रकाशित २०७२ चैत ५ शुक्रबार
2.1k
Shares
काठमाडौं। राजधानीलाई पानी पिलाउने महत्वकाँक्षी जस्तो देखिन पुगेको मेलम्ची आयोजनाले पानी पिलाउन सन् २०१८ सम्म कुराउने भएको छ। पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी उपलब्ध गराउने योजना रहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयका प्रवक्ता लिला प्रसाद ढकालले बनाएका छन्।
दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १७-१७ करोड लिटर पानी पनि काठमाडौं उत्यकाबासीलाई खुवाउने योजना रहेको उनले सुनाए। कुल ५१ करोड लिटर पानी सन् २०२२ पछि बितरण गर्नकालागि अहिलेदेखि नै पुर्वाधारमा कार्य भैरहेको स्थितीमा भुकम्प र नाकाबन्दीले ८-९ महिना काम ठप्प भएको छ। सन् २०७३ बैशाखमा पहिलो चरणको पानी उत्यका भित्राउने योजनालाई उक्त ८-९ महिनाले तुहाईदिएको छ तर फेरि काम भने शुरु भैसकेको ठकालले बताएका छन्।
पहिलो चरणमा रिंगरोड भित्र बितरण प्रणालीकालागि ६७० किलोमिटर पाईप बिच्छ्याउने योजना रहेकोमा अहिले सम्म ३०२ किमी पाईपमात्र बिच्छ्याईएको छ। बिगत २-३ हप्तादेखि शूरु भएको काममा ९-१० किमी पाईप बिच्छयाउने कार्य सम्पन्न भएको छ तर उक्त गती बढ्ने ढकालले हामीलाई बताए। त्यसैगरि ६० किमी मुख्य पाईपलाईन बिच्छ्याउने टार्गेट रहेकोमा १७ किमीको काम सम्पन्न भएको छ।
अहिलेको काममा महाँकाल, खुमलटार र महाराजगञ्जमा पानी पोखरी निर्माण कार्य शुरु भैसकेको छ भने बाँसबारी र बालाजुमा पानी ट्यांकी निर्माण कार्य शुरु भएको छ। अब कामको गति बढ्ने र कुनै अवरोध नआए योजना अवधीको प्रतिबद्दता जनाएको समयमै सकिने बिश?वास पनि ढकालले दिए।
प्रवक्ता ढकालसँग काममा आउने समस्याका बारे पनि केही बुझौं भनेर समस्याका बारे गफ गरियो र समस्या पनि रहेको पाईयो। अहिलेसम्म पनि ७ जना मुख्य ठेकेदार रहेको र सबैको समस्या ईण्धन् नै रहेको छ। इण्धनकालागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरे पनि खासै सहज हुन नसकेको स्थिती रहेछ।
अर्को समस्या भनेको सचक बिभागसँगको समन्वय रहेको छ। पाईप बिच्छ्याउनकालागि सडकको स्विकृती लिनु पर्नै हुन्छ । उक्त समन्वयकालागि सबै पत्राचार भएर अन्तिम अवस्थामा पुगेको स्थिती रहेको पनि प्रवक्ताले बताएका छन् - 'सडक खन्ने स्विकृतीको समस्याको चाँडै अन्त हुने आश गरेका छौं त्यसपछि कामले आफ्नो गती लिने विश्वास गर्न सकिन्छ।'
सडक खन्ने काम दिउसो गर्नु परेको हुनाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा असर पर्न जाने हुनाले पनि काममा असर गरेको कुरा ढकालले बताएका छन्। ट्राफिक प्रहरीसँग पनि समन्वयकालागि अनुरोध गरिएको हुनाले अब खासै मुख्य समस्याहरु नहुने बिश्वास ढकालले जनाएका छन्।