arrow

सनी देवलको चुनावी प्रचारमा हेमा मालिनी नदेखिने, रिसोर्टमा गर्दैछिन् आराम

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
sani-hema.jpg

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहको प्रस्तावमा बलिउड अभिनेता सनी देवल पनि भाजपाका उम्मेदवार बनेका छन् । देवल परिवारमा चलचिरहेको चुनावी प्रचारका बीच हेमा मालिनी  बाहिर निस्किएकी छन् ।

मथुरा संसदीय सीटमा भाजपाको टिकटबाट चुनाव लडेकी ड्रीम गर्ल हेमा मालिनी मतदान सकिदै चुनावी माहोलबाट एकान्त तिर लागेकी हुन् । उनि अन्य प्रत्याशीको प्रचामा पनि गइनन् । उनको प्रचारमा धर्मेन्द्र मथुरामा खटिएका थिए । तर धर्मेन्द्रका जेठा छोरा सनी देवलको प्रचारमा हेमा मालिनी देखिने छैनन् ।

हेमा मालिनी मतदान सकिदै गोवामा गएकी छन् । उनि एक विशेष आयुर्वेदिक स्पामा आराम गर्न र चुनाव थकान मेटाउन त्यहाँ पुगेकी हुन् । स्पाको केहि तस्विर बाहिरिएको छ ।

धर्मेन्द र उनकी पहिली पत्नी प्काश कौर दुवै छोराहरु सनी र बबी देवल र सानी आमा हेमा मालिनी र उनकी छोरीहरु इशा र अहानाबीच सम्बन्ध अहिले पनि असामान्य छ।  अहिलेसम्म यी दुई भाइले आफ्नी  हेमा मालिनीका विषयमा पनि खुलेर कुरा गरेका छैनन् । त्यसैले उनीहरुबीचको सम्बन्ध अझै सामान्य भइसकेको पाइदैन् ।

देवल यसै साता भाजपा प्रवेश गरेका हुन् । भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भएको थियो  । सो समय सनी तत्काल राजनीतिमा नआउन बताएपनि अमित शाहसँगको भेटपछि भाजपा प्रवेश गरेका हुन् ।

यो पनि पढ्नुहोस

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

सनी देवलले माने अध्यक्ष अमित शाहको प्रस्ताव, भाजपा प्रवेश

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ