२१ वर्षअघि ट्रकले घिसारेर कालाजातिका युवाको हत्या गर्ने गोरालाई मृत्युदण्ड
अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त अपराध
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
913
Shares
टेक्सास ।अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।
जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खासरुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टी भएको थियो ।
अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त अपराधको संज्ञा दिइएको यस घटनामा दोषी ठहरिएका विलियम किङलाई बुधबार साँझ घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।
अभियोजनकर्ताहरुले २१ वर्षीय युवक बायर्डमाथि कालाजाति भएकै कारण साङ्घातिक हमला गरिएको पुष्टी भएको बताएका छन् ।
बायर्डको हत्यामा संलग्नको आरोपमा मृत्युदण्ड दिइएका किङ दोस्रा व्यक्ति हुन् । तेस्रो व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
अमेरिकी सर्वोच्च अदालतले बायर्डको पछिल्लो अपिललाई अस्वीकार गरेको थियो ।
अभियोजनकर्ताहरुले ४४ वर्षीय किङ र दुई अरु गोराजातिका युवाले बायर्डलाई सन् १९९८ को जुन महिनामा साङ्लोले बाँधेर ट्रकमा राखी टेक्सासको जेस्परस्थित सुनसान सडकमा घिसारेर विभत्स हत्या गरेका थिए । एपी