arrow

हिमाल आरोहणमा पनि घुस र सोर्स–फोर्स

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
tourist-nepal.jpg.jpeg

काठमाडौं। अहिले हिमाल आरोहणको मौसम सुरु भएको छ। पर्यटन विभागले यो मौसममा ३८ समुहलाई खुम्वु क्षेत्रमा आरोहणकोलागि अनुमति दिएको छ। ६ हजार ५सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समुहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारी (लियोजन अफिसर)को रूपमा जानु पर्ने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार हरेक आरोहण समुहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारीको रूपमा हिमाल आरोहणमा जाने गर्छन्। 

हिमाल आरोहणको क्रममा सम्पर्क अधिकारी विच बाटोमै विरामी भए भने या लेक लाग्यो भने विच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यस व्यवस्थाको दुरुपयोग गर्दै हिमाल आरोहरणमा जाने अधिकांश लियोजन अफिसर हिमाल आरोहणमा १/२ दिन मात्र बस्छन, विरामी भएको भन्दै भन्दै बाटोबाटै फर्कन्छन्। बाटोबाटै फर्के पनि उनीहरूले पाउनु पर्ने सबै सुविधा पाउछन्। स्रोतका अनुसार हिमाल आरोहणमा जाने कर्मचारी हिमाल आरोहणको काज देखाएर घरमै बस्ने गर्छन। केही कर्मचारी यही मौकामा अन्य ठाउँमा घुम्न पनि जानु गर्छन।

लियोजन अफिसर भइ हिमाल आरोहणमा जान पहुँच र स्वर्स फोर्स लाग्ने गर्छ। यसकोलागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, उपराष्टपति कार्यालय, राष्ट्रपति कार्यालय लगायतका पहुँचवाला निकायकाबाट कार्यालयबाट पर्यटन विभागका उच्च कर्मचारीहरुमाथि दबाब आउने गर्छ। जसकारण हरेक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी लियोजन अफिसर भइ हिमाल आरोहणमा जाने गर्छन।

यस वर्ष अख्तियारका शाखा अधिकृत तीर्थ चापागाईं खुम्बु क्षेत्रमा हिमाल आरोहणमा हिडेका छन्। उनले आफ्नो फेसबुक स्टासटमै हिमाल आरोहणमा हिडेको जनाएका छन्। लियोजन अफिसरको व्यवस्थाबाट सबैभन्दा फाइदा कर्मचारी नेताहरुले उठाउने गर्छन। कर्मचारी नेताहरु हरेक वर्ष लियोजन अफिसर भइ  हिमाल आरोहणमा जाने गर्छ। तर उनीहरु चुचुरोमा भने पुग्दैनन्।

एक दुइ दिनमै फर्कन्छन्। राष्ट्रिय स्तरका ४ कर्मचारी संगठन र आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरु हरेक वर्ष हिमाल आरोहणमा जाने गर्छन। यस वर्ष खुम्वु क्षेत्रमा तत्कालिन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभाष साह, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल, सदस्य विश्वन्धु रेग्मी, निजामती कर्मचारी युनियन (संघ)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी खुम्व क्षेत्रतर्फ हिडेका छन्।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पाखरेल पनि केही दिनमै खुम्बु क्षेत्रतीर जाँदैछन्। तत्कालिन एमाले निकट निजामती कर्मचारी कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरे दर्जनौ पटक लियोजन अफिसर भइ हिमाल आरोहणमा गएका छन्। 

लियोजन अफिसर भइ हिमाल आरोहणमा नगएका कर्मचारी नेता एकदमै कम छन्–स्रोतले भन्यो। सम्पर्क अधिकृत भइ हिमाल आरोहणमा जाँदा उनीहरुले एक पटक ३ हजार अमेरिकन डलर (झण्डै साढे तीन लाख)भन्दामाथि सुविधा पाउने व्यवस्था छ। यसबाहेक दैनिक ५ सय रुपैयाँ भत्ताको पनि व्यवस्था छ। २०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिशमा लियोजन अफिसर पठाउने व्यवस्था गरिएको छ। पर्यटन विभागले हरेक वर्ष लियोजन अफिसरको नाम पठाउन सबै मन्त्रालयसँग सिफारिश माग्छ। एउटा मन्त्रालयबाट सामान्यतया दुइ जना कर्मचारीको  नाम सिफारिश हुने गर्छ। दुइ कर्मचारीमध्ये एक जनाको नाम छनौट पहुँच र स्वर्सफोर्सबाट हुने गर्छ। यसकोलागि कर्मचारी नेताले नेता सकेसम्म आफैं जाने,त्यो नभए आफ्नो निकट मान्छेको नाम सिफारिश गर्ने गर्छन्।

लियोजन अफिसरलाई यतीसम्म अधिकार दिइएको छ कि, हिमाल आरोहण गर्ने समुहले हिमाल आरोहण गरेको÷ नगरेको प्रमाणित गर्ने अधिकार लियोजन अफिसरलाई छ। लियोजन अफिसरले हिमाल आरोहण गरेको प्रमाणित गरे पछि मात्र त्यस समुहले हिमाल आरोहण गरेको कानुनी पुष्टि हुन्छ। अर्कोलाई हिमाल आरोहण गरेको प्रमाणित गर्ने लियोजन अफिसर आफू भने हिमाल आरोहण गर्दैन। विरामी भएको भन्दै एक दुई दिनमै फर्कन्छ। ‘लियोजन अफिसरलाई भत्ता,सुविधा मात्र छैन, हिमाल चढेको नचढेको प्रमाणित गर्ने अधिकार पनि दिइएको हुन्छ। जस कारण हिमाल आरोहणमा जान स्वर्सफोर्स लाग्ने गर्छ।’पर्यटन विभागवका एक कर्मचारी भन्छन्। 

वर्षमा दुइ मौसममा हिमाल आरोहण गर्ने गरिन्छ। चैत वैशाखमा वसन्त आरोहण(स्प्रिङ सिजन)र असोज कात्तिकमा शरद आरोहण (अटुमन सिजन) सुरु हुने गर्छ। अहिले वसन्त आरोहणको मौसम सुरु भएको छ। यो मौसमा पर्यटन विभागले ३८ समुहलाई हिमाल आरोहण गर्न अनुमति दिएको छ। जसमध्ये ३३ समुहले सगरमाथाकोलागि अनुमाति लिएका छन्। बसन्त रितुमा सगमाथा, ल्होत्स्य, कञ्चनजघां,अन्नपूर्ण लगायतका हिमाल पर्छन भने शरद रितुमा मनासुलु लगायतका हिमाल पर्छन्। एउटा समुहले हिमाल आरोणकोलागि २० देखि ७५ दिनसम्म्म लगाउने गर्छन्। तर लियोजन अफिसर भने त्यती दिन बस्दैनन्।

लियोजन अफिसर छनौट गर्ने सबै अधिकार पर्यटन विभागलाई हुन्छ। स्रोत भन्छ,यसमा विभागका उच्च कर्मचारीहरूले सकेसम्म आफू निकट कर्मचारीको नाम सिफारिश गर्ने गर्छन्। लियोजन अफिसरले हिमाल आरोहणकोलागि ८ दिने  तालिम लिनु पर्ने र डाक्टरबाट स्वस्थ्य भएको प्रमाणित गर्नु पर्ने व्यवस्था छ। यसमा उमेरको हदबन्दी भने राखिएको छैन।

स्रोतका अनुसार लियोजन अफिसर चयन गर्न पर्यटन विभागका उच्च कर्मचारीहरुले पनि चलखेल गर्ने गर्छन। यसमा पर्यटन विभागका प्रत्येक कर्मचारीले हरेक वर्ष कम्तीमा एउटा कोटा छुट्टयाएका हुन्छन्। उच्च कर्मचारीहरुले दुइ वटासम्म कोटा छुट्टयाउछन। त्यसमा आफू नगए पनि आफू निकट कर्मचारीलाई पठाउने गर्छन। ‘यसकारण पनि पर्यटन मन्त्रालयभन्दा पनि कर्मचारीको रोजाइ पर्यटन विभाग हुने गर्छ।’स्रोतले भन्यो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ