arrow

आइसीसीले नामिवियासंगको क्रिकेट नेपालमै खेलाउने

कीर्तिपुर मैदान तयार

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
cricket-nepal-new-pic.jpg.jpeg
काठमाडौं । नामिवियासंग वैशाखमा हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल नेपालको घरेलु मैदान कीर्तिपुरमै हुने पक्का भएपछि तयारी तीब्र पारिएको छ । यसअघि, खेल मैदान, खेलाडी छनोट र सुरक्षाको कारण देखाउँदै अन्यत्र सार्ने चर्चा भएकामा अब भने नेपालमै हुने पक्का पक्कि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गएको साता नै खेल नेपालमै गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको थियो । 
 
राखेप सदस्य सचिव केशवकुमार विष्टले त्यसअघि पूर्वाधार तयार भइसकेको भन्दै हेर्नका आउनका लागि आग्रह गरेका थिए । शनिवार मात्रै आइसीसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्दुलाले कीर्तिपुर खेल मैदानको अब्लोकन गरेका छन् । खेल मैदानको अब्लोकनपछि बन्दुलाले खेल नेपालमै हुने भन्दै खुसीको खबर सुनाए । शनिबार नेपाल क्रिकेटसंघ क्यान कार्यकारी अधिकृत भावना घिमिरे, राष्ट्रिय खेलकुद परिषद्का प्रशासकिय अधिकृत र इन्जिनियरहरुले कीर्तिपुर मैदानको संयुक्त अवलोकन गरेका थिए । कार्यकारी भावना त खेल मैदानको सरसफाईमा आफै जुटेकी थिइन् । 
 
आसीसीको तालिका अनुसार विश्व लिग च्याम्पियनसिप अन्तर्गतको तेस्रो चरणको खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने तय भएपनि नेपाल क्रिकेट क्यानभित्रको आन्तरिक विवादका कारण व्यवस्थापनको जिम्मेवारी दिने भरपर्दो निकाय नभएको भन्दै अप्रिलमा हुने खेल भारतमा हुने चर्चा चुलिएको थियो । क्यानमा दुई समानान्तर कमिटी खडा भएपछि व्यवस्थापनको भरपर्दो निकाय यकिन गर्न आइसीसीलाई कठिन भएको हो । 
 
अब आइसीसीले आफ्नै प्रत्यक्ष निगरानीमा खेल कीर्तिपुर मैदानमै खेलाउनेछ । समन्वयकारी भूमिकामा राखेप र क्यान सीइओ दुवै हुनेछन् । यद्यपि, क्यानका दुवै कमिटी सर्वोच्चमा मुद्दा विचाराधिन रहेकालले संलग्न हुन नपाउने भएका छन् । मैदानको पनि धेरै काम सम्पन्न भइसकेको छ, राखेप सदस्य सचिव विष्टले भने, ‘एक दुई काम मात्रै बाँकी छ, त्यो पनि रंगरोगनको काम मात्रै, केही दिनमा सबै काम पूरा हुन्छ ।’ खेलाडी छनोट भइरहेको छ । खेल आइसीसीले नै खेलाउने कुरा भाछ, सदस्य सचिव विष्टले थपे, ‘उनीहरुले नै खेलाउँछन्, हामी समन्वय मात्रै गर्छौं ।’ 
 
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि दुई चरणका खेल खेल्दा सवै खेल गुमाउँदै अंक लालिकाको पुछारमा छ । पहिलो चरणमा स्कटल्याण्ड र दोस्रो चरणमा पपुवा न्यूगिनीविरुद्ध खेलेको थियो । २०१५ देखि सुरु भएको च्याम्पियनसिप २०१७ सम्म चल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ८ एशोसियट राष्ट्रले ‘होम एण्ड अवेका आधारमा’ खेल्ने छन् ।  सन् २०१७ सम्म संचालन हुने च्याम्पियनसिपका ७ मध्ये तीन राष्ट्रविरुद्धका ६ खेल नेपालले घरेलु मैदानमा खेल्न पाउने आइसीसीको कार्य तालिका छ । 
 
विवादलाई विश्राम 
क्यानभित्रको विवाद यथावत रहेपनि विवादलाई विश्राम दिँदै नामिवियासंगको खेल घरेलु मैदान मै हुने भएको छ । ।गएको पुस १ गते साधारण सभावाट चतुरबहादुर चन्दको नेतृत्वमा गठन भएको क्यान कार्यसमितिलाई राखेपले मान्यता नदिई रमेश सिलवालको संयोजकत्वमा तदर्थसमिति गठन गरेपछी विवाद चुलिएकै छ । निर्वाचित क्यान विघटनपछी निकै समय क्यान कार्यसमिति विहिन भएपछि चन्द पक्षले साधारण सभा गरेको हो ।
 
चन्द समूहले आफुहरुले साधारण सभा नगर्न भन्दा भन्दै जवरजस्ती गरेको भन्दै राखेपले सिलवालको संयोजकत्वमा तदर्थसमिति गठन गरेपछी चन्द समूहले सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो । मुद्दा विचाराधिन छ । नेपाल क्रिकेटसंघमा आधिकारीक व्यवस्थान समिति नभएपछी आइसीसीले खेलको जिम्मा दिन आनाकानी गरिरहेको हो । क्यान विवाद र मैदानको स्तरोन्नतिका कारण गएको नोभेम्बरमा नेपालले पपुवा न्यूगिनीविरुद्धको खेल युएई गएर खेलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ