arrow

कार्यकारी निर्देशक बिदा बसेको भोलिपल्टै सरकारद्वारा आन्तरिक ऋण उठाउने प्रकृया सुरु

अन्तरबैंक व्याजदर धेरै भएको कारण संकट निम्तिन सक्ने चिन्ता

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
NRB-yuvaraj.jpg

काठमाडौं । राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक विदा बसेको भोलिपल्टै सरकारले आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकलाई पत्राचार गरेको छ । बिहीबार अर्थमन्त्रालयले १६ दिनभित्र ८६ अर्बको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकलाई पत्र लेखेको हो । सो लगत्तै बिहीबार नै राष्ट्र बैंकले ट्रेजरी विल र सार्वजनिक ऋणपत्र जारी गरेको छ । अर्थमन्त्रीको प्रतिशोधका कारण आर्थिक वर्षको पहिलो १० महिनासम्म पनि सरकारले ऋण उठाएको थिएन । आफ्नो प्रतिशोध पूरा भएपछि आर्थिक वर्षको ९ महिना सकिनै लाग्दा लक्ष्यको ५० प्रतिशत ऋण उठाउन लागेको हो । 

आफू अनुकूलको विवरणहरु तयार नपारेको आधारमा अर्थमन्त्री युवराज खतिवडाको ठाडो हस्तक्षेप पछि केही महिना अघि कारबाही स्वरुप राष्ट्र ऋण विभागमा सरुवा भएका कार्यकारी निर्देशक नरबहादुर थापा घर विदा बसेको भोलिपल्ट नै सरकारले ऋण उठाउन पत्र लेखेको हो । पहिले राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यरत थापालाई देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विश्लेषण गर्ने क्रममा सरकार अनुकूल विवरण तयार नपारेको आरोपमा कारबाही गरिएको थियो । थापा अनिवार्य अवकासको १ महिना अघि बुधबारदेखि घर विदामा बसेका छन् । आवश्यक भएर पनि १० महिनासम्म पनि ऋण नउठाएका अर्थमन्त्री खतिवडाले उनी विदा बसेको भोलिपल्टै राष्ट्र बैंकलाई पत्र लेखी ऋण उठाउन निर्देशन दिएका हुन् । यसबाट उनले प्रतिशोधका कारण नै अहिलेसम्म ऋण नउठाएको आशंकालाई थप बल पु¥याएको छ । 

अर्थमन्त्रालयले राष्ट्र बैंकलाई गरेको पत्राचार अनुसार १५ दिनको अवधिभित्र बजारबाट ८६ अर्ब रुपैंयाको आन्तरिक ऋण उठाउन भनिएको छ । सोही अनुसार राष्ट्र बैंकले ३६ करोडको ट्रेजरी विल र ५० करोडको विकास ऋणपत्र आह्वान गरेको छ । ट्रेजरी विल अन्तर्गत् २८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने  विलहरु जारी गरिएका छन् । विकास ऋणपत्र अन्तर्गत् ६ वर्षदेखि १४ वर्षसम्मको ऋणपत्र जारी गरिएको छ । बीचमा रहेको ८ वर्षे ऋणपत्र भने जारी गरिएको छैन ।  

विभागले प्रकाशित गरेको कार्यतालिका अनुसार आगामी आर्थिक वर्षको बजेट भाषण हुने दिन जेठ १४ भन्दा अघिसम्म ऋण उठाउने उल्लेख गरिएको छ । यस अघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कूल १ अर्ब ७२ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने उल्लेख गरिएको थियो । त्यसको ५० प्रतिशतले हुने रकममात्रै यस पटक उठाउन लागिएको छ । बाँकी ऋण भने बजेट पछि उठाउन सक्ने बताईएको छ । 

वित्तीय सन्तुलनका लागि यस अघि नै सार्वजनिक ऋण उठाउनु पर्ने अवस्था रहेको भएपनि अर्थले अन्तर बैंक व्याजदर ६ प्रतिशतको हाराहारीमा पुगुन्ज्यालसम्म ऋण उठाएन । राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर ६ प्रतिशत नजिक हुनु भनेको अहिलेकै अवस्थामा बजारमा तरलताको संकट भएको संकेत हो । यस्तो अवस्थामा सरकारले ८६ अर्ब रुपैंया तरलता बजारबाट उठाउँदा यसले वित्तीय प्रणालीमा थप संकट ल्याउनसक्ने समेत बताईएको छ । 

यो पनि पढ्नुहोस् :

अर्थमन्त्रीको प्रतिशोधका कारण १० महिनासम्म सरकारले उठाएन आन्तरिक ऋण 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ