arrow

ब्रह्माण्डको अवसान बिन्दू कहाँ छ ? विज्ञान र वेदको मत यस्तो

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ वैशाख २८ शनिबार
science-god.jpg

काठमाडौं। विज्ञान र वेदबीच धेरै समानताहरु देखिन्छ। धेरै सवालहरुमा विज्ञानले उत्तर दिन नसकेको विषयलाई वेदले सहयोग गर्ने गरेको छ। एक बैज्ञानिकले केही समय अघि एउटा पुस्तकमा लेखिदिए छन् “अन्तरिक्षको अघि जहाँ अरु पनि छ।” अन्तरिक्षको अघि के छ ? उनले लेखेको यो विषय धेरैको लागि सोचनीय बन्यो। आजसम्म मनुष्यको लागि एक प्रश्न जोडिएको छ। यो यति पेचिला सवाल पनि बनेको छ कि आजको वैज्ञानिक ज्ञान र संसाधनहरुसँग परिपूर्ण मनुष्यको लागि समेत यो कल्पना गर्नु मुस्किल छ। आखिर यस ब्रह्माण्डको अन्तिम बिन्दू कहाँ हो ? 

तर, सवाल यो पनि छ यो ब्रह्माण्डको अन्तिम विन्दू छ या त यो अनन्त छ ? तर पूर्वीय दर्शन र विज्ञानले समेत ब्रह्माण्डको अन्तिम विन्दू छ भनेको छ। त्यसैले ब्रह्माण्ड अनन्त छ भन्न सक्ने अवस्था छैन। हामी यस ब्रह्माण्डको बारेमा जति धेरै जानकारी लिन्छौं। त्यति नै धेरै हामी यसबारे अबुझ बन्दै जान्छौं। भन्नुको अर्थ ब्रह्माण्डको ज्ञान यति धेरै अनन्त रहेको छ।

यस ब्रह्माण्डको कुनै अन्तिम विन्दू छ या छैन ? यस सम्बन्धमा कैयौं विद्वानहरुले अलग अलग सिद्धान्त प्रतिपादन गरेका छन्। कैयौं मानिसले अलग अलग अनुमान यस्तो पनि लगाएका छन् कि यो ब्रह्माण्डको आकार निश्चित छैन। यस विद्वानहरुको सिद्धान्त र अनुमान नै आफैंमा यति जटिल र आश्चर्यजनक छ कि एकपटक त यो जानेर जो कोहीलाई पनि अचम्म लाग्न सक्छ। यस जटिल सवालको उत्तर जान्नु भन्दा पहिले हामी केही सजिलो सवालको उत्तर खोजौं। यो ब्रह्माण्ड हो के ? 

ब्रह्माण्ड के हो ? 
हाम्रो वरपर हरेक बस्तुहरु जस्तो कि समय, अन्तरिक्ष, पदार्थ, उर्जा यहाँसम्म कि हामी स्वयं पनि ब्रह्माण्डको हिस्सा हौं। ब्रह्माण्ड भन्नाले सम्पूर्ण समय र अन्तरिक्ष तथा उसकोबीचमा मौजूद रहेको हरेक वस्तुलाई चिनिन्छ। ब्रह्माण्डमा सबै ग्रह, तारा, सौर्यमण्डलहरु, सौर्यमण्डलबीचको अन्तरिक्ष, अपारमाणविक कण र सारा पदार्थ तथा सारा ऊर्जाहरु सामेल रहेको छ।

हाम्रो प्रश्नलाई ध्यान दिँदा ब्रह्माण्डलाई बुझ्नको लागि हामी यसलाई कूल २ भागहरुमा बाँड्न सक्दछौं। पहिलो त्यो हो जसमा हामी सूचनाहरु पाउँछौं। जस्तो कि पदार्थ, तारा, ग्रहहरुले हामीलाई सूचना दिन्छ। यसमा ठोक्किएर या यसले स्वयंलाई छोडेर प्रकाश जब हामीसम्म आइपुग्छ। त्यसपछि हामीलाई यसको बारेमा जानकारी मिल्दछ। त्यहीबाट तथ्य स्थापित हुन्छ। जुन यस ब्रह्माण्डको बारेमा सिद्धान्त बनाउनको लागि आवश्यक छ। त्यस्तै दोस्रो चिज जसको हामीहरुसम्म कुनै सूचना आइपुग्दैन। जस्तो कि अन्तरिक्ष र समय। यसको बारेमा केवल गणितको सहायताले जानकारी प्राप्त गर्न सकिन्छ।

ब्रह्माण्डको अन्तिम विन्दू के हो ? 
ब्रह्माण्डमा स्थित जुन चिजको माध्यमबाट हामीलाई सूचना मिल्छ। जस्तो कि रेडियो संकेत, इएम वेव आदि, यी सबैमा सबैभन्दा तेज हुन्छ प्रकाशको किरण। वास्तवमा यस ब्रह्माण्डमा प्रकाशभन्दा तेज कुनैपनि बस्तु भेटिएको छैन। तर, यो ब्रह्माण्ड यति विशाल छ कि सुदूर कुनै आकाश गंगामा जब कुनैपनि तारा विस्फोट हुन्छ भने उसको प्रकाश पृथ्वीसम्म आउँदा आउँदै  लाखौं वर्ष जान्छ। आज यदि हामी टेलिस्कोपमा कुनैपनि तारामा विस्फोट भएको देख्छौं भने यसको मतलव यो हो लाखौं वर्ष पहिले नै त्यो तारा नष्ट भइसकेको छ। 

अवलोकन योग्य ब्रह्माण्ड 
सुदूर सौर्यमण्डलबाट आएको प्रकाशको अध्ययनका आधारमा आफ्नो ब्रह्माण्डलाई सम्झनको लागि वैज्ञानिकहरुले एक सीमा तय गरेका छन्। जसलाई उनीहरुले अवलोकन योग्य ब्रह्माणको नाम दिइएका छन्। यसको व्यास वर्तमानमा लगभग ९३ अरब प्रकाश वर्ष रहेको छ। अर्थात् यति धेरै टाढा जहाँबाट प्रकाशलाई समेत यहाँसम्म आइपुग्नको लागि ९३ अरब प्रकाश वर्ष लाग्दछ। तुलनाको लागि सूर्यबाट पृथ्वीसम्म आउनको लागि प्रकाशलाई ८ मिनेट लाग्छ।

ब्रह्माण्डको बारेमा हामी जति धेरै जान्दछौं। त्यो सबै यस अवलोकन योग्य ब्रह्माण्डको भित्र नै रहेको छ। वैज्ञानिकहरु मान्छन् कि वास्तवमा ब्रह्माण्डको विस्तार अवलोकन योग्य ब्रह्माण्डभन्दा धेरै बाहिरसम्म रहेको छ।  यो अनन्त हो। 

अहिलेसम्म कसैले पनि पुरा ब्रह्माण्डको अन्तिम बिन्दू कहाँ हो भनेर बताउन सक्ने अवस्था रहेको छैन। या यो पूरा ब्रह्माण्ड अनन्त रहेको छ। अब एउटा प्रश्न आउन सक्छ कि अवलोकन योग्य ब्रह्माण्डको अन्तिम बिन्दूको बारेमा त वैज्ञानिकहरुले पत्ता लगाए होला। यसको उत्तर हो, छैन। 

ब्रह्माण्डको आकार के हो ? 
जब एउटा प्रश्न आउन सक्छ कि ब्रह्माण्डको अन्तिम बिन्दू के हो ? त्यतिबेला हाम्रो दिमागमा अन्तरिक्ष या ब्रह्माण्डको एउटा आकार अवश्य हुन्छ। के हो त्यो छवि ? कस्तो छ हाम्रो ब्रह्माण्ड ? कसैले यसलाई फर्सी आकारको भन्छन् त कसैले ज्यामितीय आकारको छ भन्ने तर्क पनि सुन्न सकिन्छ। तर, ब्रह्माण्ड यो दुबै भन्दा भिन्न आकारको रहेको भन्ने तेस्रो मत पनि आइसकेको छ।

वर्तमानमा ब्रह्माण्डको आकारको बारेमा तीन धारणाहरु प्रसिद्ध छन्। पहिलो ब्रह्माण्ड बुलबुले आकारको हुन्छ भन्ने छ। दोस्रो एक मोडेको सिटको जस्तो आकारमा रहेको विश्वास पाइन्छ भने तेस्रो मत अनुसार एक फ्ल्याट सतहको स्वरुपमा ब्रह्माण्ड रहेको छ। विज्ञानमा बैज्ञानिकहरुले आगामी दिनमा गर्ने खोजले नै हामीलाई बताउन सक्छ कि यी ३ मोडलमध्ये ब्रह्माण्डको आकार कस्तो छ ?

यो तीन धारणाहरु ब्रह्माण्ड उत्पत्तिको बिग ब्याङ्ग सिद्धान्तमा आधारित रहेको छ। जुन सिद्धान्त भन्छ 'ब्रह्माण्ड फैलिइरहेको छ।' जसको मतलब यो हुन्छ ब्रह्माण्डको किनारा पनि फैलिइरहेको छ। यी तीनै सिद्धान्तहरुका लागि किनाराको मतलब अलग अलग हुनु हो। 

हाम्रो अध्ययनमा अहिलेसम्म हामी ब्रह्माण्डलाई केवल मोडिएको सिटको रुपमा र एक फ्ल्याट सतहमा स्थित रहेको मानिरहेका छौं। जसलाई नै धेरैले सही हुनसक्ने मानेका छन्। यस स्थितिमा यो बताउन सम्भव छैन कि ब्रह्माण्डको अन्तिम किनारा वा बिन्दू के हो र यसको अन्तिम विन्दू छ कि छैन ? 

अर्को मत अनुसार हामी ब्रह्माण्ड भकुण्डो जस्तो अर्थात् सारा ग्रह, तारा र कुनैपनि यस्तो गोलाकारको सतहमा रहेको मान्दछौं, जो फैलिइरहेको छ। यदि त्यस्तो हो भने यो निश्चित रुपले भन्न सकिन्छ कि यस ब्रह्माण्डको कुनै पनि किनारा हुँनै सक्दैन। ब्रह्माण्ड अन्तरिक्षमा अघि बढिरहेको छ। त्यसैले यो प्रश्नको बैज्ञानिक उत्तर भेट्न सकिएको छैन। 

हामीले पहिले पनि ब्रह्माण्डमा केवल पदार्थ यानी ग्रह, तारा र सौरमण्डल मात्रै होइन। समय र अन्तरिक्ष समेत ब्रह्माण्डको हिस्सा हो भन्ने बताएका थियौं। त्यसो हो भने के समय र अन्तरिक्षको कुनै किनारा छैन त ?

के समयको कुनै अन्त छ ? 
जस्तो कि वैज्ञानिकहरुले ब्रह्माण्ड लगातार फैलिँदै गएको बताएका छन्। सबै सौरमण्डल एक दोस्रोसँग टाढा गइरहेको छ। भविष्यमा एक समय यस्तो पनि आउने छ जतिबेला सबै ताराहरु आफ्नो ऊर्जा गुमाउन पुग्दछन् र ब्रह्माण्डमा केवल ब्लैक होलमात्रै बच्दछ। यो ब्ल्याक होल्स समेत हकिङ्ग रेडिएशनकोद्वारा एकदमै लामो समयसम्म अन्तरिक्षमा ऊर्जा फैलाएर आफैं सकिन्छ। यस रुपमा ब्रह्माण्डको समस्त ऊर्जा खाली अन्तरिक्षमा विग्रन पुग्दछ। यही रुपमा हाम्रो ब्रह्माण्डको अन्त हुनेछ। ब्रह्माण्डको अन्तका साथ साथै समयको समेत अन्त हुनेछ।

के अन्तरिक्षको कुनै अन्त छ? 
समयको अन्तपछि अन्तरिक्षको के हुन्छ ? यो एक सुल्झन नसकेको रहस्य हो। जसको कल्पना गर्न समेत मुस्किल छ। यदि आइन्स्टाइनको सिद्धान्तलाई मान्ने हो भने समय र अन्तरिक्ष एक साथ जोडिएको छ। जसलाई अन्तरिक्ष समय कन्टेनम भनिन्छ। सैद्धान्तिक रूपले त समयको साथ नै अन्तरिक्ष समेत समाप्त हुन सक्छ। 

फेरि यो सवाल उठ्छ कि यदि अन्तरिक्ष समाप्त भयो भने के बच्छ ? अन्तरिक्ष अनन्त छ। अन्तरिक्ष स्वयंमा पूर्ण हो भने यो पूर्णबाट अन्तरिक्ष निस्कियो भने के बाँकी रहन्छ ? यस सवालको जवाफ अहिलेसम्म विज्ञानसँग छैन। यहाँ सायद वेदले हाम्रो मद्दत गर्न सक्छ। इशोपनिषद जुन शुक्ल यजुर्वेदको हिस्सा हो यसमा एक बहुत लोकप्रिय श्लोकमा नै शायद यसको जवाफ मिल्न सक्छ।

ॐ पूर्णमद: पूर्णमिदं पूर्णात् , पूर्ण मुदच्यते, 
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते। 

जसको अर्थ हुन्छ “त्यो (शायद परमेश्वर वा अरु कुनै शक्ति) अनन्त र आफैंमा पूर्ण छ। यो ब्रह्माण्ड (अन्तरिक्ष र समयका साथ) समेत अनन्त र आफू आफैंमा पूर्ण छ। यस अनन्त र पूर्णबाट यो अनन्त र पूर्ण निस्कनेछ। यो अनन्त (ब्रह्माण्ड) यस अनन्तसँग समान हुँदा पनि यो अनन्त पूर्ण नै रहन्छ।

एजेन्सीको सहयोगमा



नयाँ