arrow

गणतन्त्रको पक्षमा काँग्रेसमा क कस्को कुरा मिल्दैछ? को छन चुपचाप?

किन छन् प्रतिष्पर्धी दलहरु मौन?

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
congress-new-photo.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन अगाडीबाट शुरु भएको २०६२/०६३को आन्दोलनका उपलव्धि माथि पूनर्विचार गर्ने वहशमाथि काँग्रेसभित्र प्रतिवाद हुन थालको छ। गणतन्त्रका लागि सडकमा ओर्लिएको जनमतको नेतृत्व गर्नेहरु अहिले सघन रुपमा आफ्ना विचारलाई लिएर कार्यकर्ता र जनतासमक्ष जान लागेका छन्। काँग्रेस महाधिवेशनमै पनि २०६२/०६३को आन्दोलनका उपलव्धि माथि पूनर्विचार गर्ने वहश छेड्नेहरुमाथि नेताहरु कृष्ण सिटौला र गगन थापा कडा रुपमा प्रस्तुत भएका थिए। पछिल्ला दिनमा सार्वजनिक रुपमै अभिव्यक्ति दिएर काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गणतन्त्रको पक्षमा आफ्नो दृढता प्रकट गरेकी छन्। पार्टीभित्र गुटगत राजनीतिमा कृष्ण सिटौला र गगन थापाहरुसँग फरक कित्तामा रहेकी सुजाता कोइरालाले गणतन्त्रको विषयमा कसैसँग सम्झौता हुन नसक्ने भन्दै आफ्नो धारणा प्रष्ट गरेर कुनै समय यो मुद्धामा एकै ठाउँ उभिन सक्ने संकेत पनि गरेकी छन्। 
 
२०६२/०६३को आन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भयो। तत्कालिन काँग्रेस सभापति कोइरालाकै पालामा २४० बर्षको इतिहास भएको राजतन्त्र इतिहास भयो। गणतन्त्र स्थापना भएयता केहि समय कार्यवाहक राष्ट्रप्रमुखको हैसियतमा पनि कोइरालाले काम गरे। आन्दोलनको उपलव्धिको रुपमा यसलाई जनमानसमा प्रसारित मात्र गरिएन गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलले कसम समेत खाए। तर दलहरुका नेताहरु १० बर्ष पनि नपुग्दै आफूहरु नै सहभागि भएर ल्याएको परिवर्तनप्रति प्रश्न उठाउने ठाउँमा पुगेका छन्। कतिपय नेताहरुले सघन रुपमा प्रश्न उठाइ रहँदा अरु नतमस्तक भएर 'मौन लक्षणम स्वीकृतम' कै शैलीमा समर्थन जनाइरहेका छन्।
 
शशंकित काँग्रेसजन अन्यौलमा देश  
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशांक कोइरालाले महाधिवेशन अगाडी २०६२/०६३को आन्दोलनका उपलव्धि भनिएका विषयमा पूनर्विचार गर्न सक्ने अभिव्यक्ति दिएका थिए। काँग्रेस महाधिवेशनमा उनले वोकेको विचारको समर्थन झै देखियो। काँग्रेसको नेतृत्वमा भएको सो आन्दोलनले राजतन्त्र फाल्ने सम्मको काम गरेको थियो। तर तिनै काँग्रेसको नेतृत्वका उत्तराधिकारी र कार्यकारी तहका उमेद्वारको यो भनाईले न त काँग्रेसजनमै वहश जन्मायो। नत बाहिर अन्य दलमा छलफल भयो। बरु देश अन्यौलमा रह्यो। अब देशले राजनीतिक मार्ग कस्तो समात्छ। काँग्रेसजन झन अन्यौलमा रहे। आफूहरु नै सहभागि भएको आन्दोलनबाट प्राप्त उपलव्धि रक्षा त हुन्छ? धर्मको नाममा काँग्रेसमा एउटा तप्का पार्टीको निर्णयसँग असहमत छ। उनीहरुले त्यसमा असहमति जनाउँदै पार्टीको मञ्चहरुमा यसलाई प्रवेश गराउँदै पनि आएका छन। तर गणतन्त्र माथि नै पूनर्विचार गर्ने प्रस्ताव आउँदा भने धेरैले अब काँग्रेस प्रतिगमनतर्फ जान लागेको त हैन भन्ने अवस्थामा पुगेका छन्। यसको जवाफ काँग्रेसले जति ढीलो गर्छ त्यति काँग्रेसले जनमत गुमाउन सक्ने अवस्था हुनसक्छ। तर गणतन्त्रको विषयमा हिजो आन्दोलमा रहेका नेता कार्यकर्ताहरुको रहस्यमय मौनताले भने धेरैलाई छोएको छ। आखिर किन उनीहरु बोल्न सकिहरेका छैनन। केले अप्ठ्यारो महशुस गरिरहेका छन? यूवाहरु पनि अगाडी आउन नसक्नुको कारण अहिले धेरैले खोज्न थालेका छन्। 
 
सिटौला आन्दोलनको उपलव्धि जोगाउने पक्षमा
काँग्रेस नेता कृष्ण प्रसाद सिटौला आन्दोलनबाट प्राप्त उपलव्धि जोगाउने पक्षमा छन्। उनले काँग्रेसको महाधिवेशनको बेला आफ्नो उमेद्वारी घोषणा कार्यक्रममा पनि आन्दोलनका उपलव्धिहरुलाई संस्थागत गरेर जाने चुनौती रहेको बताएर आफ्नै दलका नेताहरुबाट व्यक्त धारणाप्रति असहमति जनाएका थिए। उनले राजनीतिक रुपमा प्रतिगमनतर्फ जाने प्रयास भएमा आफू त्यसको विरोधमा रहने जनाएका थिए।  
 
सुजाता राजा फर्काउने कुराको विरोधी
काँग्रेस नेतृ सुजाता कोइरालाले गणतन्त्रमाथि पुनर्विचार गरेर राजा ल्याउने कुरामा नेपाली कांग्रेस कुनै पनि हालतमा उभिन नहुने उल्लेख गरिन्। राजाहरुकै कारण जनतालदे पटक पटक दुख पाएको बताउने कोइरालाले कुनै पनि हालतमा काँग्रेसले गणतन्त्रको विषयमा पुनर्विचार गर्न नसक्ने बताइन। २०६२/०६३को आन्दोलनका कमाण्डर तथा आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको छैठौं स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सुजता कोइरालाले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्रका रगत बगाएको स्मरण गर्दै कुनै पनि हालतमा नेपाली कांग्रेस राजाको पक्षमा उभिन नसक्ने बताइन। बंश परम्परा अन्तरगत वीरेन्द्रको बंश विनाश पछि मुलुक राजा विहीन भएको प्रशंग जोड्दै उनले राजाका कुरा गर्नेहरु गणतन्त्रका विरोधी भएका बताइन। राजाका कुरा गर्नेहरुको पछि नलाग्न आग्रह गर्दै सुजाताले भनिन राजा ल्याउने कुरा नचाहिदो हल्ला मात्र हो, परेमा नेकाले त्यसका विरुद्धमा संघर्षमा अघि बढ्छ। उनले संकेत संकेतमै महामन्त्री शशांकको गणतन्त्र विरोधी कुराको विरोध जनाइन।
 
गगन भन्छन मरिन्छ तर पछि फर्कन दिइन्न
काँग्रेस नेता गगन थापाले काँग्रेसलाई प्रतिगमनतिरको यात्रामा जान नदिने बताएका छन्। उनले महासमितिको बैठक बोलाएर कांग्रेसले राजनीतिक लाइन नै परिवर्तन गर्ने हल्ला फिजाइकोप्रति चेतावनीको शैलीमा भने ' त्यस्तो प्रयास कसैले गरोस् त ! जनआन्दोलनका उपलब्धिलाई खोस्ने प्रयास भए त्यसका विरुद्धमा खुला संघर्ष गरिनेछ। मरिन्छ तर नेपाललाई अब पछि फर्काउन दिइन्न। मूल नेतृत्व नै लागे पनि त्यसका विरुद्ध लडिन्छ। ' 
 
प्रतिक्रियाविहिन प्रतिष्पर्धी
नेपाली काँग्रेसको महाधिवेशन अगाडी प्रभावशाली नेताहरुले जनआन्दोलनका उपलव्धीहरुमाथि पूनर्विचार गर्नुपर्ने सम्मका अभिव्यक्ति दिए। जनताले चाहन्छन भने भन्दै गणतन्त्रको विषय पनि पूनर्विचार गर्न सकिन विषयको रुपमा वहशमा ल्याइयो। संसदको सबैभन्दा ठूलो दलको प्रभावशाली केहि नेताहरुले दिएको अभिव्यक्तिको बारेमा काँग्रेसभित्रै बरु केहि नेताहरुले वहश छेडिरहेका छन्। तर काँग्रेसको प्रतिष्पर्धी दलहरु विशेषगरि सत्तारुढ दलहरु, जो संसदमा दोस्रो र तेस्रो ठूला दल पनि छन,  एमाले र एमाओवादी भने प्रतिक्रियाविहिन झै देखिए। काँग्रेसभित्र पनि यो बिषयमा जति छलफल हुनुपर्ने हो त्यति नभएपनि केहि नेताहरु धारणा राखिरहेका छन। तर पनि आफूहरु नै सहभागि भएर सफल बनाएर त्यसैको उपलव्धिमा तर मारिरहेका काँग्रेसकै विभिन्न तहका नेता कार्यकर्ताहरु किन यस बारेमा मौन छन सर्वसाधारणले समेत प्रश्न गरेका छन्। सत्तारुढ दलहरु सत्ता जोगाउन मात्र यस बिषयमा मौन आशंका यसबीचमा उठेको छ। 
 
अनुकुल अवस्था भएको राप्रपा नेपालको बुझाइ
राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका दलका नेताहरु नै पूनर्विचारमा जानुपर्ने धारणा राख्न थालेपछि राजतन्त्र फर्काउनुपर्ने एजेण्डा बोकेर आएपनि बीचमा थाकेर सरकारमा सहभागि भएको राप्रपा नेपाल भने यतिखेर काँग्रेसको अलमलका कारण सबैभन्दा धेरै उत्साहित छ। काँग्रेसजस्तो ठूलो दल गणतन्त्रको बारेमा बहशमा आएपछि दुई राप्रपा पनि एकिकरणको गृहकार्यमा छन्। धर्मको विषयलाई अगाडी सारेर राजतन्त्र फर्काउने रणनीतिमा लागेको राप्रपा नेपालसँग कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा राप्रपामा पनि एकमत भने छैन। तर विशेषगरि काँग्रेसमा देखिएको वहश र अन्य दल चुपचाप हुँदा उत्साहित राप्रपा नेपालको सिङगो पङक्ति यसलाई थप वहशमा लगेर गणत्नत्रला२ कसरी असफल पार्न सकिन्छ भन्नेमा लागिपरेको यसका नेताहरु बताउँछन। सरकारमा आफूहरुको उपस्थिति पनि गणतन्त्रलाई असफल पार्ने रणनीति अन्तर्गत नै भएको राप्रपा नेपालका ति नेताको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ