- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इटालियन सिरिए फुटबलमा अन्तिम चरणको खेल हुन बाँकी छ । ३७ औं चरणका खेलहरु आइतबार राति भएका छन् ।
उपाधि जितिसकेको युभेन्टसले घरेलु मैदानमा एट्लान्टासंग १–१ गोलको बराबरी खेल्यो । जोसिप इलिसिकले एटलान्टालाई पहिलो गोल दिलाए ३३ औं मिनेटमा ।
८० औं मिनेटमा मारियो मान्डुजिकले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । तर फेडेरिको बर्मार्डेचीले रातो कार्ड खाँदा युभेन्टस निराश भयो ।
निराशापछि पनि युभेन्टसले घरेलु मैदानमा उपाधि जितको ट्रफीसहित घरेलु समर्थकमाझ खुशी बाँडेको छ ।
आइतबारका अन्य खेलहरु–
चिभो ०–० साम्पदोरिया
इम्पोली ४–१ टोरिनो
पर्मा १–० फियोरिन्टा
मिलान २–० फ्रोसिनोन
नापोली ४–१ इन्टर
३७ खेलको समाप्तिसम्म अंक तालिका–
युभेन्टस ९० अंक
नापोली ७९
एटलान्टा ६६
इन्टर मिलान ६६
एसी मिलान ६५
एएस रोमा ६३
टोरिनो ६०
लाजिओ ५८
रेलिगेशन क्षेत्र – गियोना ३७
फ्रोस्सियोन २४
चिभो १६ अंक