arrow

वटरफ्लाई भेन्चर्सले गर्यो स्टार्ट अप फेस्ट

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
start-up-fest.jpg

काठमाडौं। नविन सोचका साथ शुरु गरिने व्यवसायिक पहल नेपालमा पनि फस्टाउन थालेको छ। यस्ता नविन पहलमा सम्भाव्यता हेरि लगानी समेत जुटाउने अभ्यास शुरु भएको छ। संसारभर फस्टाउँदै गएको स्टार्टअप भनिने यो व्यवसायिक संस्कृती नेपालमा पनि यूवाहरुमाझ लोकप्रिय हुँदै गएको छ। स्टार्ट अप कल्चरलाई नेपालभित्रै पनि संस्थागत ढंगले प्रवर्द्धन गर्ने काममा केहि संस्था तथा व्यक्तिहरु लागिपरेका छन्। 
काठमाडौंमा रहेको वटरफ्लाई भेन्चर्सले स्टार्ट अप कल्चरलाई वढावा दिनेगरि शनिवार अन्तराष्ट्रिय स्टार्ट अप फेस्ट २०१९ गरेको छ। आवेदन दिइएका १५० आवेदकरुबाट विभिन्न चरणमा छनौट गरिएका २० स्टार्ट अप उद्यमको सोचको बारेमा फेस्टमा चर्चा गरिएको थियो। स्रियोग डटकम, रिभर्स भेन्डिङ मेसिन नेपाल, सेलेक्ट सुज, टास्क २४, होमसेवा, रिसाइक्लिङ सिगरेट लगायतका आइडियाहरुका बारेमा सहभागिहरुले प्रस्तुती दिएका थिए।

नेपालमा वढ्दो स्टार्ट अप कल्चरलाई समदायका अगुवाहरु र नीति निर्माताबीच जोड्ने उद्धेश्यले फेस्टको आयोजना गरिएको भेन्चर्सकी संस्थापक अध्यक्ष वन्दिता थापाले बताइन। नयाँ नयाँ सोच र बिचार भएका उद्यमीहरुबीचको छलफलबाट अन्य उद्यमीहरुलाई समेत प्रेरित गर्नेगरि कार्यक्रम गरिएको थापाले बताइन।

फेस्टमा किङस् कलेजका नरोत्तम अर्याल, सञ्चारविज्ञ सहजमान श्रेष्ठ, नेपाल विकास अभियानका सहसंस्थापक कविन्द्र वुर्लाकोटी, नुग एसेन्स इन्टरप्राइजेजका  सुयस श्रेष्ठ र होटल रेडिसनका निर्देशक प्रकाश तिवारीले देशमा नविन सोच भएका यूवा उद्यमीहरु किन आवश्यक छ भन्ने बारेमा आफ्नो धारणा राखेका थिए। उनीहरुले असल व्यवसायीक वातावरण बनाउन फेस्टले योगदान दिने विश्वास समेत व्यक्त गरे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ